जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावी हस्तक्षेपको प्रयास गरेको आरोप लगायो

डिसी नेपाल
२७ मंसिर २०८२ १०:३८
32
Shares

काठमाडौं । जर्मनीले रुसमाथि साइबर आक्रमण र चुनावमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ र त्यसपछि रुसी राजदूतलाई बोलाएको छ।

जर्मन विदेश मन्त्रालयका प्रवक्ताले अगस्ट २०२४ मा हवाई ट्राफिक नियन्त्रणमा गरिएको साइबर आक्रमण रुसको सैन्य गुप्तचर निकायले गरेको बताएका छन्।

प्रवक्ताले रुसले यस वर्ष फेब्रुअरीमा भएको संघीय चुनावलाई प्रभाव पार्ने र अस्थिर बनाउने प्रयास गरेको आरोप पनि लगाए।

जर्मनीले युरोपेली साझेदारहरूसँग मिलेर रूसलाई उसको “हाइब्रिड कार्यहरू” को मूल्य चुकाउन बदला लिने बताएको छ।

यी आरोपहरूमा रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.