ट्रम्पको घोषणाको बाबजुद थाइल्याण्ड र कम्बोडियाबीच लडाईं जारी

डिसी नेपाल
२७ मंसिर २०८२ १०:५८

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविरामको घोषणा गरे पनि थाइल्याण्ड र कम्बोडियाबीच शनिबार बिहानसम्म पनि झडप जारी रह्यो।

ट्रम्पले शुक्रबार भनेका थिए – दुवै देशका नेताहरू “आज (शुक्रबार) साँझदेखि सबै गोलीबारी रोक्न र मैले गरेको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएका छन्।”

तर शुक्रबार र शनिबार रातभर गोलाबारी जारी रह्यो। यसैबीच, थाई सेनाले धेरै रणनीतिक स्थानहरू कब्जा गर्ने प्रयास गरिरहेको छ।

थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले अमेरिकी राष्ट्रपतिलाई कम्बोडियाले आफ्ना सबै सेना फिर्ता गरे र बारुदी सुरुङहरू हटाएमा मात्र युद्धविराम सम्भव हुने बताएको बताए।

“थाइल्याण्डले हाम्रो भूमि र जनतालाई थप हानि वा खतरा महसुस नगरेसम्म सैन्य कारबाही जारी राख्नेछ। म यो कुरा स्पष्ट पार्न चाहन्छु। आज बिहानको हाम्रो कार्यले यो स्पष्ट सन्देश दिन्छ,” उनले सामाजिक सञ्जालमा भने।

थाइल्याण्ड र कम्बोडियाबीच पुनः सुरु भएको द्वन्द्वमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.