लुम्बिनीविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुन लागेको फाइनल खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै ब्याटिङ रोजेका हुन्।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो।
गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो।
सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ।







डिसी नेपाल








Facebook Comment