वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

डिसी नेपाल
२८ मंसिर २०८२ ११:३७
24
Shares

रौतहट। पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ।

वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको हो। महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर र सशस्त्र प्रहरीको सहयोगमा खाली गराउने कार्य भएको स्थानीयले बताएका छन्।

बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीहरूले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाले गरेको कार्य सकारात्मक रहेको प्रतिक्रिया दिए । वीरगञ्ज महानगरपालिका प्रमुख सिंहले सार्वजनिक स्थलको संरक्षण र शहरलाई व्यवस्थित बनाउने योजना अनुसार डोजर चलाएको बताए।

यो स्थानमा ट्राफिक जाम, फोहरमैलालगायत अन्य समस्या हुँदै आएकाले व्यवस्थापन गरिन लागेको उनको भनाइ छ । महानगरपालिकाले छपकैयास्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा २८ सटरसहित नयाँ सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ।

बीपी उद्यानका व्यवसायीहरूलाई नयाँ बजारमा स्थानान्तरण गर्ने योजना पनि यसमा समेटिएको महानगरपालिकाले जनाएको छ।

यद्यपी, बीपी उद्यान क्षेत्रमा रहेका तरकारी तथा फलफूल व्यवसायीहरू आक्रोशित बनेका छन् । उनीहरूले घण्टाघरमा भेला भई आफ्नो दैनिक आम्दानीको स्रोत गुमेको भन्दै महानगरको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

महानगरपालिकाका अनुसार हालसम्म कुनै अप्रिय घटना नघटेको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको पनि जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.