आमाको छेउमा सुतिरहेकी १ वर्षकी बालिकालाई जंगली जनावरले लिएर गयो
काठमाडौं । उत्तर प्रदेशको बहराइचमा शनिबार बिहानै एउटा जङ्गली जनावरले एक बालिकालाई लिएर गयो । गाउँलेहरू र वन विभागको टोलीले बालिकाको खोजी गरिरहेका छन्।
यो घटना कैसरगञ्ज क्षेत्रमा भएको हो, जहाँ शनिबार बिहान घरको बरन्डामा आमासँग सुतिरहेकी एक वर्षीया बालिकालाई जंगली जनावरले आक्रमण गरेको थियो। परिवारले प्रतिक्रिया जनाउनु अघि नै जनावरले उनलाई लिएर उखुबारीमा भागेको थियो।
घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी इन्चार्ज ब्रिजेन्द्र मिश्र र रेन्जर ओमकार यादव वन कर्मचारीसहित घटनास्थल पुगे।
रेन्जर ओमकार यादवले भने “जंगली जनावर” ले एक निर्दोष बालिकालाई आक्रमण गरेको रिपोर्ट प्राप्त भएको छ। हामी सबै घटनास्थलमा पुगेका छौं। बालिकाको खोजी भइरहेको छ।
बहराइचका मानिसहरू ब्वाँसोको त्रासमा बाँचिरहेका छन्। यो क्षेत्र भारत-नेपाल सीमासँग जोडिएको तराई क्षेत्रमा पर्छ, जहाँ ब्वाँसोको आक्रमणका धेरै घटनाहरू भएका छन्।







डिसी नेपाल








Facebook Comment