अमेरिकाको ब्राउन विश्वविद्यालयमा गोलीबारी, दुई जनाको मृत्यु, आठ गम्भीर घाइते

डिसी नेपाल
२८ मंसिर २०८२ १३:३३
76
Shares

काठमाडौं । अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। संदिग्ध व्यक्तिले कालो लुगा लगाएको र पैदलै भागेको बताइएको छ।

प्रहरीले एक जनालाई पक्राउ गरेको थियो, तर अनुसन्धानपछि उनी घटनासँग सम्बन्धित नभएको पाइयो। अब उनलाई रिहा गरिएको छ।

ब्राउन विश्वविद्यालय र वरपरको क्षेत्रमा मानिसहरूलाई घर भित्रै बस्न दिइएको चेतावनी अझै पनि लागू छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समय अनुसार ४:०५ बजे भएको गोलीकाण्डको बारेमा आफूलाई जानकारी गराइएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.