सिरियामा आइएसको आक्रमणमा तीन अमेरिकीको मृत्यु
काठमाडौं । अमेरिकी केन्द्रीय कमान्डले सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीको आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक अनुवादकको मृत्यु भएको बताएको छ।
आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएका छन्, जसमा आक्रमणकारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् – यो अमेरिका र सिरिया विरुद्धको आइएसआइएस आक्रमण हो। उनले यसको कडा प्रतिक्रिया हुने बताएका छन्।
सिरियाली सरकारले पनि यस आक्रमणको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्डले मारिएकाहरूको पहिचान २४ घण्टासम्म खुलासा नगरिने र उनीहरूका परिवारलाई सूचित गरिसकेपछि मात्र सार्वजनिक गरिने बताएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment