गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

डिसी नेपाल
२८ मंसिर २०८२ १४:०६
232
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।

अर्थतन्त्रलाई चलाउमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभव समेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्तिको माग गर्दै अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो।

राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालिन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरबिरुद्ध बिभिन्न निकायका अनुसन्धान भइरहेको र अनुभवका हिसावले समेत पौडेलको नियुक्ति राष्ट्र बैंक ऐनको विरुद्ध भएको बर्खास्त गर्न माग गरिएको जेनजी युनाइटेडका संयोजक जनक परियारले जानकारी दिए।

जेनजी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा बित्तिय संस्थाको मनपरीलाई रोक्नुपर्ने, बैदेशिक ऋणको सदूपयोग गर्नुपर्ने लगाएका माग राखेका छन्।

जेन–जी युनाइटेडले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरेको छ। नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामवाली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनेकोमा उक्त व्यवस्थाको विरुद्ध डा. पौडेललाई मात्र सिफारिस गरेर गभर्नर नियुक्तिको प्रक्रियामै आशंका उब्जिने ठाउँ सिर्जना गरिएको जेन–जी युनाइटेडको भनाइ छ।

त्यस्तै, पौडेलले कम्प्युटर इन्जिनियरिङमा स्नातक, एग्रिकल्चरमा स्नात्तकोत्तर गरेको र अनुभवको हिसाबले पनि नियुक्ति ऐनविरुद्ध भएको पुष्टि हु्ने ज्ञापनपत्रमा उल्लेख छ।

जेन–जी युनाइटेडका मागहरुमा अर्थमन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, नेपाल राष्ट्र बैंकका गभर्नरलाई बर्खास्त गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभागलाई जिम्मेवार बनाउनुपर्नेलगायत रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.