संघीय संसद सचिवालयको स्थायी खम्बा हो : सभामुख घिमिरे
काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
१९ औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन्।
उनले भने, ‘संसद राजनीतिको केन्द्र हो। यहाँ विचारको टक्राव हुन्छ, दलगत स्वार्थका बहसहरु हुन्छन् यस्तो उच्च राजनीतिक तापक्रम भएको ठाउँमा कर्मचारी साथिहरुले बरफ जस्तै शितल, स्थिर भएर काम गर्नुपर्ने विषेश परिस्थिती रहन्छ। तपाईंहरु कुनै राजनीतिक दलको कार्यकर्ता होइन, यो संस्थाको संरक्षक हो।’
उनले संघीय संसद सचिवालयलाई स्थायी खम्बा भन्दै यसको भूमिकामा जोड दिए। उनले भने, ‘जनप्रतिनिधिहरू आउने जाने क्रम रहन्छ, तर सचिवालयले संसदीय प्रणालीको निरन्तरता सुनिश्चित गर्छ र यसको प्रभावकारिता विकास गरिरहन्छ। यसले स्थायी संसदको भूमिका निर्वाह गर्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्छ।’
साथै सभामुख घिमिरे संसदीय कर्मचारीको कलममा राजनीतिक आग्रह देखिन नहुने भन्दै संविधान र नियमावलीको अक्षर देखिनुपर्ने बताए।
यस्तै उक्त समारोहमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशमा व्यापक भ्रष्टाचारको विषय उठाउँदै सबै पक्षले गम्भीर भएर काम गर्नुपर्ने बताए।
अध्यक्ष दाहालले भने, ‘आज देशमा व्यापक भष्ट्राचार छ भन्ने भाष्य बनेको छ। कहाँ, कति, कसले, कसरी भष्ट्राचार गरेको र भएको चै यसको वास्तविकताको विषय भविश्यमा अनुसन्धानले लाग्ला नै त्यस परिस्थितीमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकालगायत निजामती कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल लगायत सम्पूर्ण पक्ष गम्भिर बन्न आवश्यक छ।’
साथै उनले यसमा संघीय संसदमा आवद्ध सबै पक्ष एकतावद्ध भएर झनै गम्भिर बन्न आवश्यक रहेको बताए।







डिसी नेपाल








Facebook Comment