लम्बिने भयो एमाले महाधिवेशन, यस्तो छ कार्यतालिका

डिसी नेपाल
२८ मंसिर २०८२ १९:०७
2.2k
Shares

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ। शनिबारदेखि २९ गतेसम्म तय भएको महाधिवेशन लम्बिने भएको हो।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १ गते दिउँसो ११ बजेबाट मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै समय लम्बिएको जानकारी गराएका हुन्।

भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ। मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।

सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ। सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा छ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्नका लागि समय छुट्याइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस १ गते ११ देखि ५ बजेसम्म मतदानको कार्यतालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.