महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा बराल
काठमाडौं । महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा जया बराल निर्वाचित भएकी छन्।
सञ्जालको आज आयोजित चौथो साधारणसभा एवम् निर्वाचनबाट बरालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो। उक्त सञ्जालको उपाध्यक्षमा सर्मिला काफ्ले, सचिवमा सुस्मा तामाङ, कोषाध्यक्षमा अनुपा अधिकारी र सहकोषाध्यक्ष स्विटी मानन्धर निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरुमा निरु अधिकारी, सुनिता गुरुङ, गिता शर्मा र लक्ष्मी कार्की निर्वाचित हुनुभएको सञ्जालका पूर्वकोषाध्यक्ष सकुन्तला देवकोटाले जानकारी दिइन्। उक्त सञ्जालले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई कर, भ्याटसम्बन्धी प्रशिक्षण कार्यक्रम, महिलाको क्षमता अभिवृद्धि तालिम, महिलालाई पर्यटनसँग जोड्नका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ।
यस्तै सञ्जालले महिलालाई पर्यटनमार्फत आत्मनिर्भर बनाउने काम गरिरहेको छ। विस २०७८ मा स्थापना भएको उक्त सञ्जालमा हाल पर्यटन क्षेत्रमा क्रियाशिल झण्डै १०० महिला आवद्ध रहेका छन्।







डिसी नेपाल








Facebook Comment