जनकपुरधाममा इ-रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाइ

डिसी नेपाल
२९ मंसिर २०८२ ७:२६
12
Shares

जनकपुर। जनकपुरधाममा इ-रिक्सा सञ्चालनमा कडाई गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको इ-रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ।

उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको इ-रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ।

जनकपुरधामको सडकमा बढ्दै गएको इ-रिक्साको संख्याले पैदलयात्रुसहित अन्य वाहनहरुलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए।

उनले आइतबारदेखि चोकहरुमा माइकिङ गरेर दर्ता नभएका टेम्पु, इ-रिक्सालाई परिक्रमा सडक तथा सडक भित्र प्रवेश निषेध गरिएको बारे जानकारी गराउन सुरु गरिएको बताए। उनका अनुसार उपमहानगरको निर्देशन विपरित कुनै इ-रिक्साले नगरभित्र प्रवेश गरेमा २ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.