सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ

डिसी नेपाल
२९ मंसिर २०८२ ७:३२
16
Shares

सर्लाही। सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लालबन्दी नगरपालिका-५ डाँडा टोलबाट प्रतिबन्धित लागुऔषध हिरोइनसहित एक जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गएसाँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लागुऔषध लुकाइछिपाइ राखिएको आशंकामा खोजतलासी गरेको थियो।

लालबन्दी -५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुइँ तलाको पश्चिम-दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक परीक्षणका क्रममा उक्त पदार्थ प्रतिबन्धित लागुऔषध हिरोइन जस्तो देखिएको थियो। स्थानीय व्यक्तिहरूको रोहबरमा नेपाल सरकारबाट मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त सेतो धुलो पदार्थ २ सय १२ ग्राम रहेको प्रहरीले जनाएको छ।

सोही क्रममा घर धनी इश्वरपुर नगरपालिका – ३ भक्तिपुर घर भई हाल लालबन्दी नगरपालिका-५ मा बसोबास गर्दै आएका ३४ वर्षीय सुवास लामिछानेलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका लामिछानेविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.