गणेशस्थान आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

डिसी नेपाल
२९ मंसिर २०८२ ८:१३
36
Shares

काठमाडाैं। नुवाकोट जिल्लाकाे बेलकोटगढी नगरपालिका-५ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका उत्सव रिमालले आफ्ना हजुरबुबा यज्ञप्रसाद रिमालको १०४औँ जन्मदिनको अवसरमा बेलकोटगढी नगरपालिका-५ स्थित गणेशस्थान आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्।

कार्यक्रमका बेलकोटगढी नगरपालिका वडा ५ का वडाअध्यक्ष मदन भुजेल र नगर कार्यपालिकाका सदस्य अनुराधा श्रेष्ठकाे उपस्थितिमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएकाे हाे।

कार्यक्रममा उत्सव रिमालका ठूला बुबा नारायण रिमाल र कृष्ण रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावकहरू तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।

जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडाको अभाव नहोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले बालबालिकाहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा बोल्दै अतिथिहरूले विदेशमा रहेर पनि जन्मभूमि र समाजप्रति देखाएको यस प्रकारको योगदान अत्यन्तै प्रशंसनीय र प्रेरणादायी रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.