अष्ट्रेलियाको बोन्डी बीच आक्रमणको बारेमा प्रहरीले पछिल्लो अपडेटमा के भन्यो ?

डिसी नेपाल
२९ मंसिर २०८२ ११:५८
48
Shares

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा रहेको बोन्डी बीचमा भएको आक्रमणको बारेमा न्यु साउथ वेल्सका प्रहरी आयुक्त माल लान्यनले पछिल्लो जानकारी प्रदान गरेका छन्।

प्रहरी आयुक्त माल लान्यनले थप विवरण साझा गर्न नसक्ने बताए। यद्यपि, उनले आक्रमणकारी बाबु र छोराको अष्ट्रेलियासँग लामो समयदेखिको सम्बन्ध रहेको र बाबुसँग २०१५ देखि नै बन्दुकको इजाजतपत्र रहेको बताए।

आक्रमणकारीहरू ५० र २४ वर्षका बुबा र छोरा थिए। बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको छ।

लान्यनले भने – प्रहरीले अझै पनि ती दुई जना पुरुषहरूको अनुसन्धान गरिरहेको छ। हाल उनीहरूको बारेमा थोरै मात्र थाहा छ।

दुई आक्रमणकारी अष्ट्रेलियाली नागरिक हुन् कि होइनन् भनेर सोध्दा, उनले भने ‘म यसबारे टिप्पणी गर्न तयार छैन।’

एनएसडब्ल्यू प्रहरी आयुक्तले ५० वर्षीय आक्रमणकारीसँग शिकार गर्ने हतियारको इजाजतपत्र रहेको बताए।

उनले ती व्यक्ति बन्दुक क्लबको सदस्य भएको र हतियार ऐन अन्तर्गत इजाजतपत्र प्राप्त भएको बताए। उनीसँग क्याटेगोरी एबी लाइसेन्स थियो, जसले लामो ब्यारेल भएका हतियार राख्न अनुमति दिन्छ।

उनले भने – प्रहरी अनुसन्धान अझै जारी छ र यस विषयमा सीमित जानकारी मात्र साझा गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.