अस्ट्रेलियामा अन्धाधुन्ध गोली चलाउने बाबुछोरा पाकिस्तानी मूलका हुनसक्ने प्रहरीको आशंका
काठमाडौं । आइतबार अष्ट्रेलियाको सिड्नीमा भएको बोन्डी बीचमा भएको आतंकवादी हमलामा संलग्न दुई आतंककारी एक बुबा र छोरा भएको प्रहरीले जनाएको छ। उनीहरू पाकिस्तानी मूलका भएको आशंका गरिएको छ।
प्रहरीका अनुसार आक्रमणमा मृत्यु हुनेको संख्या १६ पुगेको छ, जसमा १० वर्षीया बालिका र एक इजरायली नागरिक पनि छन्। साथै, ४५ जना घाइते भएका छन्।
आइतबार, आतंककारीहरूले बोन्डी समुद्र तटमा हनुक्का मनाइरहेका मानिसहरूमाथि गोली चलाएका थिए। जवाफमा प्रहरीले ५० वर्षीय बुबा साजिद अकरमलाई घटनास्थलमै गोली हानी मारेको थियो। २४ वर्षीय छोरा, नावीद अकरम, अस्पतालमा गम्भीर अवस्थामा छन्।
अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले खुलासा गरेका छन् – साजिद अकरम १९९८ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए। उनले भेरेना नामकी अष्ट्रेलियाली महिलासँग विवाह गरे र आफ्नो भिसालाई पार्टनर भिसामा परिणत गरे। त्यसबेलादेखि, उनी रेसिडेन्ट रिटर्न भिसामा छन्। यसको अर्थ साजिद अकरमसँग अष्ट्रेलियाली नागरिकता थिएन।
बर्कले अकरम कहाँबाट अस्ट्रेलियामा बसाइँ सरेका हुन् भन्ने कुरा स्पष्ट पारेनन्। यद्यपि, उनले भने – उनी पाकिस्तानबाट आएको रिपोर्ट आएको छ। अकरमका छोरा नावीद, २००१ मा अस्ट्रेलियामा जन्मेका थिए र उनी अस्ट्रेलियाली नागरिक हुन्।
अक्टोबर २०१९ मा अस्ट्रेलियाली सुरक्षा खुफिया संगठन (एएसआइओ) द्वारा नावीद अनुसन्धानमा परेका थिए। यद्यपि, त्यतिबेला हिंसामा संलग्न भएको वा उनको विरुद्ध कुनै खतराको कुनै संकेत थिएन।
आक्रमणको बारेमा भेरेनाले मिडियालाई भनिन्, “मलाई विश्वास नै लाग्दैन कि उसले आतंकवादी हमला गर्यो।” उनले थपिन्, “मेरो छोरा धेरै राम्रो मान्छे हो। ऊ कहिल्यै नराम्रो संगतमा परेको छैन।”







डिसी नेपाल








Facebook Comment