ओली पक्षबाट सबै पदका उम्मेदवारको टुंगो लाग्दै, केहीलाई फकाउन बाँकी

डिसी नेपाल
२९ मंसिर २०८२ १२:४५
380
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा हालका अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । उनी यसपटक तेस्रो पटक नेतृत्व गर्ने दौडमा छन् ।

ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने बताइएको छ । तर ज्ञवालीले अझै नमानेपछि उनलाई फकाउने क्रम जारी छ ।

महासचिवमा शंकर पोखरेल नै उम्मेदवार बन्नेछन् । उनी अहिले पनि महासचिव छन् । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्ने बताइएको छ ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल, खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा.राजन भट्टराई अघि सारिएका छन् ।

अन्य केहीले समेत दाबी गरेकोले अन्तिम टुंगो लाग्दा नाम केही फरक हुनसक्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.