एमालेको निर्वाचन तालिका केही समय पछि सारियो
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा निर्वाचन कार्यक्रम पूर्वनिर्धारित समयभन्दा केही पछि सारिएको छ । कार्यतालिका संशोधन भएपछि अब उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज साँझ ६ बजे हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले नयाँ कार्यतालिका सार्वजनिक गर्दै आज दिउँसो १ देखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ । हिजो सार्वजनिक तालिकामा उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय साढे १० देखि साढे १ बजेसम्मका लागि तोकिएको थियो ।
संशोधित कार्यतालिका अनुसार, दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । त्यस्तै, आजै ५ बजे उजुरी उपर छानबिन र निर्णय हुनेछ । त्यस्तै, ५ देखि ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता हुने कार्यतालिकामा रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुने बताइएको छ । मतदान भोलि ११ देखि ५ बजेसम्म हुने कार्यतालिका तय भएको छ ।







डिसी नेपाल








Facebook Comment