एमाले महाधिवेशनमा डिजिटल इकोनोमीको एजेण्डासहित महासंघ अध्यक्ष सापकोटाको उम्मेदवारी

डिसी नेपाल
२९ मंसिर २०८२ १५:३४
120
Shares

काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

एमालेको जारी ११औं राष्ट्रिय महाधिवेशनमा अबको अर्थव्यवस्था ‘डिजिटल इकोनमी’मैत्री हुनुपर्ने मूल नारा र एजेण्डासहित उनले उम्मेदवारी दर्ता गरेका हुन्। पार्टी सम्बद्ध तथा सम्पूर्ण उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराएको सापकोटाले जनाएका छन्।

राजनीतिक दलभित्र अर्थतन्त्रका एजेण्डाहरुमा अगाडि बढिरहेको बहसलाई सार्थक निष्कर्षमा पुर्‍याउन उम्मेदवारी दिएको उनको भनाई छ। ‘अर्थतन्त्रका एजेण्डालाई निष्कर्ष पुर्याउन, समाजवादको आधार निर्माण गर्ने पार्टीको योजना कार्यान्वयन गर्न लाग्नुपर्ने भएकाले उम्मेदवारी दर्ता गरेको हुँ’, अध्यक्ष सापकोटाले भने।

पार्टीले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि समाजवादको लक्ष्यसहित आर्थिकसामाजिक रुपान्तरणलाई मूल कार्यदिशा बनाए पनि त्यसबारे पर्याप्त बहस र छलफल नभएको उनको बुझाई छ। आर्थिक विपन्नता नै मुलुकको प्रमुख समस्या भएकाले यसको असर राजनीतिलगायत सबैतिर परिरहेको र बेरोजगारी समस्या दिनानुदिन बढ्दै गएको भन्दै उनले केन्द्रीय कमिटीमा पुगेपछि ती समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए।

नेपाली विशेषताको समाजवादको आधार तयार गर्नका लागि एमालेको नेतृत्वमा प्रगतिशील सरकार, बलियो पार्टी र कुशल नेतृत्व निर्माण गर्नुपर्ने उनले बताए। मुलुुकलाई आर्थिक रुपले सवल बनाउनेगरी अभियान अगाडि बढाउनुपर्ने उनको भनाई छ।

‘ग्रामीण अर्थतन्त्र बलियो बनाउन एक गाउँ १० : उद्यमी अभियान चलाउनुपर्छ, पार्टीभित्र डिजिटल सर्कुलर र गि इकोनोमिको संरचनामा छलफल गर्दै सम्मृद्ध नेपाल सुखी नेपालीको मूल नारालाई साकार पार्ने दिशामा अगाडि बढ्न ढिलाई भइसकेको छ,’ सापकोटाले भने, ‘मुलुकको अर्थतन्त्र सवल बनाउन निजी क्षेत्रलाई विश्वासमा राखेर पार्टीसँग समन्वयमकारी भुमिका निभाउनका लागि पनि मैले उम्मेद्वारी दिएको हुँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.