मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका यादवले सरकारको औपचारिक स्थायित्वका लागि विश्वासको मत लिन लागेका हुन्।
सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन्। कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन्।
विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल मन्त्रीका रूपमा रहेका छन्। यद्यपि सरकारलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी भने हालसम्म मन्त्रिपरिषद्मा सहभागी भएका छैनन्।







डिसी नेपाल








Facebook Comment