हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री खरेल
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन्।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिएका हुन्।
सञ्चारमन्त्री खरेलले भने,‘हामीले हुलाकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ।’
उनले स्मार्ट हुलाकको कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिए। सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गरिन्।
उनले भनिन्,‘स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ। यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ।’
सचिव अर्यालले हुलाक सेवालाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिइन्। उनले विस २०१९ को हुलाक ऐनलाई समयसापेक्ष बनाइनुपर्नेमा जोड दिइन्।







डिसी नेपाल








Facebook Comment