मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, लोसपा र माओवादीबाट थपिए मन्त्री
जनकपुर। मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले मन्त्रिपरिषदमा दुई जना मन्त्री थपेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्रि कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस अघि मुख्यमन्त्री यादवले सपथ ग्रहण गरेको दिन जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।







डिसी नेपाल








Facebook Comment