२४ घण्टामा आगलागीका २२ घटना, दुईको मृत्यु
काठमाडौं । पछिल्ला २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा आगलागीका २२ वटा घटना भएका र ती घटनामा परी दुई जनाको मृत्यु हो
यस्तै, आगलागीसहितका विपदजन्य घटनामा नौ जना घाइते भएका छन्।
पछिल्ला दिनमा आगलागीका घटना बढ्दै गएको जनाउँदै प्राधिकरणकी प्रवक्ता शान्ति महतले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन्।
उनका अनुसार मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुरमा ग्यास चुहिएर आगलागी हुँदा एक जना र रामेछापको सुनापातीमा एक जना रहेका छन्।
ती घटनामा तीन करोड १४ लाखको आर्थिक क्षति भएको जनाइएको छ। पछिल्ला विपदजन्य घटनामा आगलागीका मात्रै २२ वटा घटना भएको छ।
गएको एक महिनामै आगलागीमा परी आठ जनाको मृत्यु भइसकेको छ।







डिसी नेपाल








Facebook Comment