नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो

डिसी नेपाल
२९ मंसिर २०८२ २०:५४
4
Shares

काठमाडौं। पुरातत्व विभागले हालसम्म नेपालबाट चोरिएका १९८ पुरातात्विक वस्तु विदेशबाट फिर्ता ल्याइएको जनाएको छ।

विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो। युरोप, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट विभिन्न संस्थाबीचको सहकार्यबाट फिर्ता ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन्।

अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ। सोही नियममनुसार ती सम्पदा ल्याइएका हुन्।

विभिन्न कालखण्डमा नेपालमा निर्मित भएका काष्ठकला, प्रस्तरकला, वास्तुकला, मूर्ति, तोरणलगायत प्राचीन सम्पदा चोरी भएर विदेशमा फेला परेपछि सूचनाका आधारमा दाबी गरिने र प्रमाण पुर्‍याएर फिर्ता गरिने गरिन्छ। फिर्ता गरिएका कतिपय सामग्री सम्बन्धित स्थानमा विधिपूर्वक प्रतिस्थापन गरिँदै आएको छ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेका ती सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ। अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएको विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.