श्रीलंकालाई विश्वकप जिताउने पूर्व क्रिकेट कप्तान अर्जुन रणतुंगालाई पक्राउ गरिने
काठमाडौं । १९९६ मा श्रीलंकालाई क्रिकेट विश्वकप जिताउने टोलीका कप्तान अर्जुन रणतुंगालाई भ्रष्टाचार र घुसखोरी सम्बन्धी मुद्दामा पक्राउ गरी अदालतमा पेश गरिने भएको छ।
बीबीसी न्यूज सिंहलाका अनुसार कोलम्बो मजिस्ट्रेट अदालतले सोमबार घूसखोरी र भ्रष्टाचारको मुद्दामा सिलोन पेट्रोलियम कर्पोरेशनका पूर्व अध्यक्ष तथा अर्जुन रणतुंगाका भाइ धम्मिका रणतुंगालाई जमानतमा रिहा गर्न आदेश दिएको छ।
घुसखोरी र भ्रष्टाचारको आरोपको अनुसन्धान गर्न गठित आयोगले धम्मिका रणतुंगालाई पक्राउ गरेको थियो।
आयोगले कोलम्बो मजिस्ट्रेट अदालतलाई पूर्व पेट्रोलियम मन्त्री अर्जुन रणतुंगालाई यस मुद्दामा संदिग्धको रूपमा पक्राउ गरी अदालतमा पेश गरिने जानकारी गराएको छ।
धम्मिका रणतुंगामाथि २०१७-२०१८ को अवधिमा इन्धन खरिदका लागि तीनवटा दीर्घकालीन टेन्डरहरू रद्द गरेको र उच्च मूल्यमा स्थानीय टेन्डरहरू लागू गरेको आरोप छ।
यसका कारण, सिलोन पेट्रोलियम कर्पोरेशनले लगभग ८० करोड श्रीलंकाली रुपैयाँको घाटा बेहोर्नु पर्यो।







डिसी नेपाल








Facebook Comment