अस्ट्रेलियामा आक्रमणकारीबाट बन्दुक खोसेका अहमद अल अहमदको स्वास्थ्य अहिले कस्तो छ ?

डिसी नेपाल
१ पुष २०८२ १४:२९
172
Shares

काठमाडौं । अष्ट्रेलियाको सिड्नीको बोन्डी बीचमा भएको आक्रमणमा आक्रमणकारीबाट बन्दुक खोसेका अहमद अल अहमदको अवस्था स्थिर छ।

यो जानकारी उनको परिवारले दिएको हो। आक्रमणको क्रममा अहमद अल-अहमदको काँध र पाखुरामा गोली लागेको थियो।

उनका बुबा मोहम्मद फतेह अल-अहमदले बीबीसी न्यूज अरेबिकलाई बताएअनुसार अहमद साथीसँग कफी पिउन गएको बेला घटनास्थल नजिकै थिए र उनले घटना प्रत्यक्ष देखे।

उनले भने – उनको छोराले मानिसहरूलाई आक्रमण भइरहेको देख्दा हिचकिचाएनन् ।

उनले भने “आफ्नो भावना, विवेक र मानवताबाट प्रेरित भएर अहमद अगाडि बढे, बन्दुकधारीलाई रोके र उसको हतियार खोसे।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.