चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
काठमाडौं। यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो।
५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ।
चितवनको सौराहामा दुई दशक अघिदेखि आयोजना हँुदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वद्धि गरेको र चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको छ।
महोत्सबको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ। चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज वन्यजन्तु सरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग प्राप्त भएको छ।
यहाँका बहुल जाती, बहुभाषा र कला संस्कृतिको प्रबद्र्धन गर्दै भाविष्यको सरक्षण गर्नु पनि महोत्सवको विशेषता हो। महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा करीब ८० वटा हात्ती सहभागी हुनेछन्।







डिसी नेपाल








Facebook Comment