सर्वोच्च अदालतले सरकारसँग सोध्यो प्रतिनिधि सभा विघटन गर्नुको कारण

डिसी नेपाल
२ पुष २०८२ १४:२७
548
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको कारण सोधेको छ । नेपाली कांग्रेसका निवर्तमान प्रमख सचेतक श्याम घिमिरेसहित ८ जनाले रिट दायर गरेका थिए ।

संवैधानिक इजलासमा सुनुवाइ भएको रिटमा रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखसमेतलाई विपक्षी बनाइएको थियो ।

संविधानले प्रतिबन्धित गरेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरी असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरित संसद् विघटन गरिएको रिट निवेदकको दाबी छ । रिट निवेदकले तत्काल प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.