एमाले महाधिवेशन : सचिवमा महेश बस्नेत अगाडि
काठमाडौं। नेकपा (एमाले) को ११औं महाधिवेशनमा मतगणना जारी छ। पछिल्लो अपडेटअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो बनाएका छन् । महासचिवमा शंकर पोखरेलले अघि छन् । तर, उनलाई सुरेन्द्र पाण्डेले कडा टक्कर दिएका छन् ।
यस्तै, उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ अघि छन् । भट्टले ७३४ मत ल्याउँदा भट्टराईले ७०९ मत ल्याएका छन् । यस्तै, रघुवीर महासेठले ६८९ मत ल्याएका छन् ।
सचिवमा भने महेश बस्नेत अगाडि छन् । उनले ७ सय ८३ मत ल्याएर आफ्नो अग्रता कायम राखेका छन् । दोस्रोमा पद्यमा अर्याल छिन् भने तेस्रोमा छविलाल विश्वकर्मा छन् । अर्यालले ७ सय ७८ मत ल्याएकी छिन् । विश्वकर्माले ७ सय ६९ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment