लागूपदार्थ सेवन गर्ने नौ चालक नियन्त्रणमा

डिसी नेपाल
३ पुष २०८२ २२:४७
52
Shares

वालिङ स्याङ्जामा लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाएका नौ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आज पुतलीबजार नगरपालिका१ बसपार्कस्थित सिद्धार्थ राजमार्गमा जाँच गरेको हो ।

जाँचका आधारमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल नेपालीले जानकारी दि। सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले ‘लागुपदार्थ चेकिङ अभियान’ सञ्चालन गरिएको उनले जानकारी दि

लागुपदार्थ सेवनका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले लागुपदार्थ चेकिङ अभियान अगाडि बढाएका हौँ, उले भने, गत जेठ ६ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत निजी तथा सार्वजनिक सवारीसाधनका चालकलाई लागुऔषध सेवन गरे नगरेको जाँच गर्छौँ।

प्रहरीले गरेका जाँचका क्रममा निजी तथा सार्वजनिक सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई लागुऔषध सेवन मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएको छ । लागुपदार्थ सेवन गरी ट्रक, माईक्रो बस, मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.