भैरहवा जानका लागि रवि लामिछाने विमानस्थलमा
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई विमानस्थल पुर्याइएको छ । हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई बिगो जमानत लिएर रिहा गर्न आदेश दिएसँगै उनलाई कागजी प्रक्रियाका लागि भैरहवा लगिन लागिएको हो ।
नख्खु कारागारबाट प्रहरीले भैरहवा लैजानको लागि विमानस्थल पुर्याएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए।
उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment