मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

डिसी नेपाल
४ पुष २०८२ १६:५५
20
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा असाधारण जिम्मेवारी रहेको बताएका छन्।

पार्टीको ११औं महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ उक्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले पार्टीको ११औं महाधिवेशन भव्यता र हरेक कोणबाट सफल भएको दाबी गरे। उनले पार्टीभित्र समय समयमा केही समस्या देखिए पनि आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्नेमा सबै सचेत रहनुपर्नेमा जोड दिए।

हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीतिअनुसार अगाडि बढ्ने छौँ। बेतालमा, बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौं, अध्यक्ष ओलीको भनाइ थियो।

उनले पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न र केही, असहमति र असन्तुष्टि भए नेतृत्वसमक्ष मौखिक वा लिखत रूपमा पेस गर्न आग्रह गरे।

समाज र सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य छ। उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र तीमध्ये पनि अग्रदस्ताको रूपमा रहेको एमालेभित्र दृढ अनुशासन अपरिहार्य छ। यसमा हामी सबै जिम्मेवार ढङ्गले सचेत रहनुपर्छ, अध्यक्ष ओलीले भने, एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी होइन। सामूहिक प्रयास र हितकाविरुद्ध मेरो निजी कुरा भनेर चल्न मिल्दैन। अब पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने छ।

एमालेकाविरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गरे। अब एमालेभित्र कुनै गुट र प्यानल नभएको भन्दै अध्यक्ष ओलीले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे।

हाल देश अप्ठेरो अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो अप्ठेरोबाट सहज बाटोमा ल्याउने काम एमालेले नै गर्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.