राष्ट्रपतिद्वारा किन्डर ओलम्पिकको मस्कट अनावरण

डिसी नेपाल
४ पुष २०८२ १८:१०
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च आज हस्तान्तरण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका हुन्।

नेपाल विद्यालय खेलकुद महासंघको आयोजनामा किन्डर ओलम्पिक पुसको १२ र १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। किन्डर ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्कीले जानकारी दि

अध्यक्ष श्रेष्ठले विद्यालय खेलकुद महासङ्घमार्फत नेपालले सहभागिता जनाएका विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि र विविध गतिविधिबारे प्रकाश पारेका थिए।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, विद्यालय खेलकुद महासंघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.