ऊर्जामन्त्री घिसिङद्वारा निर्माणाधीन भरतपुर सभागृहको निरीक्षण

डिसी नेपाल
४ पुष २०८२ १९:२३
68
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चितवनमा निर्माणाधीन भरतपुर सभागृहको आज निरीक्षण गरेका छन्।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार २०७७ साल मङ्सिरमा सम्झौता भई २०७९ फागुनमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको सभागृह निर्माणकार्य सुस्त भएको पाइएपछि निर्माणाधीन सभागृहको निरीक्षण गरेका हुन्।

हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न भएको उक्त सभागृहको रुफ (छाना)को डिजाइनमा समस्या आएका कारण निर्माणकार्य करिब डेढ वर्ष अवरुद्ध भएको थियो । हाल छानाको संशोधित डिजाइन स्वीकृत भइसकेपछि निर्माणकार्य सुरु भएको छ। निर्माणकार्यको समयावधि संसोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ।

निर्माण सम्झौता रु ८७ करोड ८८ लाख रहेको सभागृहमा दुई हजार जना क्षमताको मुख्यहलतीन सय जना क्षमताको सहायक हलसहित सातवटा ब्लक रहनेछन्

मन्त्री घिसिङले मुख्य रूपमा रुफ संरचनाको डिजाइनमा भएको त्रुटिका कारण ढिला भएको पाइएको बताएउनले सभागृहको छाना संरचनाको निर्माणसँगसँगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.