लागूऔषधसहित सिरहाबाट दुई जना पक्राउ

डिसी नेपाल
४ पुष २०८२ १९:५८
36
Shares

सिरहा । यहाँको गोलबजार नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका४ बस्ने ३३ वर्षीय देवराज वली र सोही नगरपालिका६ बस्ने ३१ वर्षीय सुशील अधिकारी रहेका छन्। प्रहरीले वलीलाई उनकै घरमा लुकाइछिपाइ राखेको अवस्थामा नौ ग्राम ९९० मिलिग्राम खैरो हिरोइनसहित फेला पारेको थियो। अर्का आरोपी सुशील अधिकारीलाई गोलबजार नगरपालिका४ मा अवस्थित पिस ल्याण्ड होटलको कोठा नम्बर १०४ बाट एक ग्राम ५७० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.