नाम र तस्बिर दुरुपयोग गरी भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको भन्दै केकी अधिकारीको आपत्ति

डिसी नेपाल
५ पुष २०८२ १३:१७
272
Shares

काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालमार्फत पैसा उठाइएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै केकीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको बताएकी छन् ।

उनले भनेकी छिन्, ‘मेरो नाम र तस्बिरको दुरुपयोग गरी भाइवर र व्हाट्सएप मार्फत पैसा मागिरहेको भन्ने जानकारी प्राप्त भएको छ । यो कार्य कानुनी रुपमा पनि दण्डनीय छ । ’ अधिकारीले यसरी पैसा माग्नेहरूप्रति सजग रहन पनि सम्पूर्णमा अनुरोध गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.