विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औं महाधिवेशन विधि र प्रक्रियाअनुसार नै हुनुपर्ने बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको महाधिवेशन तथा निर्वाचनलक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विधि–प्रक्रिया पूरा गरेर महाधिवेशन गर्न लाग्नुपर्नेमा जोड दिए।
सिंहले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आन्तरिक निर्वाचन, पारदर्शिता र विधिको पालना अनिवार्य रहेको उल्लेख गरे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment