गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण

डिसी नेपाल
६ पुष २०८२ १८:३८
24
Shares

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आज निरीक्षण गरेका छन्। बाल सुधारगृहको अवलोकन गर्दै उहाँले त्यहाँको वस्तुस्थितिबारे अभिरुचिपूर्वक जानकारी लिएका छन्।

सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिएका थिए।

मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ वर्षमाथिका बालबन्दीहरुको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे जानकारी लिएका थिए। उनले समस्या समाधानका लागि आवश्यक पहल गर्ने जानकारी दिए।

त्यसैगरी आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गर्नुभएका हिमालय गौतमसँग भेट गरेका छन्। अस्वस्थ अवस्थामा रहेका उनकै निवास इमाडोल पुगेर उनले गौतम परिवारसँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.