२ सय ४० किलो चरेससहित दुई जना पक्राउ

डिसी नेपाल
६ पुष २०८२ १८:५३
60
Shares

रौतहट। पर्सा प्रहरीले २ सय ४० किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

वीरगन्ज महानगरपालिका२२ जगरनाथपुरबाट शनिबार राति एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए। उनका अनुसार मकवानपुरको थाहा नगरपालिका१९ निवासी सरोज मोक्तान र सोही स्थानका नवराज लो लाई पक्राउ गरिएको छ।

मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथितिर फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको प्रहरी उपरीक्षक पाठकले बताए।

पाठकका अनुसार बरामद चरेसका बारेमा थप अनुसन्धान भइरहेको छ र घटनामा अन्य व्यक्तिको संलग्नताका बारेमा पनि अनुसन्धानलाई अघि बढाइएको छ। चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। लागूऔषध सम्बन्धी कसुरअन्तर्गत पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.