विभिन्न कसुरमा ५५६ मुद्दा दर्ता

डिसी नेपाल
६ पुष २०८२ २१:५८
32
Shares

सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २१४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

धनगढीमा आज गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले सार्वजनिक चासोका मुद्दामध्ये ११४ मुद्दाको फछ्र्योट भएको जानकारी दि। अदालतले विगतमा गरेको फैसला कार्यान्वयनको सिलसिलामा ५२४ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो।

मङ्सिरमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयमा घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्र गरी मिलाइएको र आठ उजुरी कानुनी कारबाहीका लागि अदालतमा पठाइएको उल्लेख गरिएको छ।

यस्तै विभिन्न ठाउँका १५५ महिला र बालबालिका हराएकामा खोजतलास गरेर ९० जनालाई सम्बन्धित परिवारको जिम्मामा लगाइएको छ। लागऔषधतर्फ मङ्सिरमा प्रदेश प्रहरी र मातहतका कार्यालयको टोलीबाट २७ किलो चरेश र ११८ ग्राम खैरो हिरोइन बरामद गरिएको तथा यस क्रममा दुई महिला र ६८ पुरुषलाई लागऔषधसहित पक्राउ गरेर यस सम्बन्धी ५६ मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेशभरि यो अवधिमा १३० सवारीसाधन दुर्घटना भई १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। ट्राफिक नियम उलङ्घन गरेर सवारीसाधन चलाउने तीन हजार २८० सवारीसाधनका चालकमाथि कारबाही गर्दा रु २६ लाख २४ हजार राजस्व सङ्कलन गरिएको छ। भन्सार छली गरेर ल्याएका रु ९६ लाख ४४ हजार मूल्य बराबरका व्यापारिक मालसमान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.