पाटनले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने

डिसी नेपाल
६ पुष २०८२ २२:३८
12
Shares

दशरथचन्द (बैतडी) । एचआइभी सङ्क्रमितलाई पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ। नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। नगर क्षेत्रभित्र हाल ३६ एचआइभी सङ्क्रमित छन्। सो बजेटबाट सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराइने उनले बताए।

आर्थिक वर्ष २०७९/८० देखि एचआइभी संक्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ, उनले भन, यसैको निरन्तरताका लागि हामीले चालु आवमा पनि रु एक लाख विनियोजन गरेका छाँै।

आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्त रु ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो। गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले नगरपालिकाले उनीहरुलाई पोषण खर्च उपलब्ध गराउन लागेको नगरप्रमुख गौरीसिंह रावलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.