जीवनलाई सहज बनाऔं

डा. चिन्तामणि नाथ योगी
९ पुष २०८२ ७:३८
16
Shares

“आदिनाथो गुरुर्यस्य गोरक्षस्य च यो गुरुः।
मच्छिन्द्रं तमहं वन्दे महासिद्धं जगद्गुरुम्।।”

अर्थात्- जसका गुरु आदिनाथ हुनुहुन्छ र गोरक्षनाथका जो गुरु हुनुहुन्छ, त्यस्ता महासिद्ध जगद्गुरु मच्छिन्द्रनाथलाई वन्दना गर्दछु।

हामी गुरु गोरखका वाणीको रसपान गरिरहेका छौँ। जुन वाणीले हाम्रो जीवनमा प्रसन्नता र अद्भूत क्षमताको विकास गराई मूल लक्ष्यलाई चिन्न र प्राप्त गर्न मद्दत गर्छ, जस्तैः अचानक कालो बादल हराएर सूर्यको उदयको अनुभूति हुन्छ, बाटो हराएका मानिसले बाटो पाएको अनुभूति हुन्छ, बेसहाराले सहारा पाएको अनुभूति हुन्छ,  मर्न लागेका मानिसले सञ्जीवनी पाएको अनुभूति हुन्छ, त्यस्तै दिव्य र सरल वचन गुरु गोरखनाथले हामीलाई दिनुभएको छ।

His Words Are Very Simple But Very Powerful. सारा संसारको, शास्त्रको, आगम र निगमको सार यसमा समाहित छन्। अतः यी पवित्र वाणीबाट हाम्रो व्यस्त जीवनलाई सुन्दर र व्यवस्थित गर्ने जमर्को गरौँ-

“हबकि न बोलिबा, ठबकि न चलिबा, धिरै धरिबा पांव।
गरब न करिबा, सहजै रहिबा, भणत गोरष रावं।।”

अर्थात्- हप्काएर नबोल्नू, ठिम्किएर नहिंड्नू, सुस्तरी पाइला राख्नू, घमण्ड नगर्नू, सहज भावले रहनू भनी गोरक्षनाथले भन्नुभयो।

हामीले कसैलाई हप्काएर, हेपेर बोल्नु हुँदैन। यो सामान्य मानिस, यो नपढेको मानिस, यो जागीर नभएको मानिस आदि भनेर कसैलाई पनि भेदभाव गर्नु हुँदैन। Never Try To Discriminate Any body, Any cast, Any community And Country. सबैलाई आफ्ना मातापिता सम्माननीय हुन्छन्, छोराछोरी प्रिय हुन्छन्। त्यसैले भेदभाव किन ? सबैको परिचय बोलीको भाव र शैलीमा लुकेको हुन्छ। दुच्छर बोलेर आफूलाई नीचता देखाउने किन ?

“प्रियवाक्यप्रदानेन सर्वे तुष्यन्ति जन्तवः।
तस्मात् तदेव वक्तव्यं वचने का दरिद्रता।।”

अर्थात्- प्रिय बोली बोलेमा सबै प्राणी खुशी हुन्छन्। त्यसैले त्यही मीठो बोली बोलौँ। बोलीमा नै कन्जुसी किन गर्नु ?

मीठो, पवित्र र सत्य वाणी बोल्नुहोस्। यस्ता वाणी बोल्न लोभ नगर्नुहोस्, जुन सबैका लागि प्रिय छन्। ठबकि न चलिबा अर्थात् मेरो ठूलो जागीर छ, पद छ, म ठूलो मान्छे, धेरै पढेको छु, म ठूलो देशमा बस्छु जस्ता भए नभएका गफ लगाएर घमण्ड गरेर कहिल्यै पनि ठमठम गरेर वा ठिमठिम परेर नहिंड्नुहोस्। किनकि इतिहास हेर्नुहोस्।

जुन मानिसले घमण्ड गरेर हिंडे, ती नष्ट भए। महाभारतको युद्धमा दुर्योधनले ठमठम गर्‍यो, हेर्नुहोस्, दुर्योधन नष्ट भयो। रामायण कालमा रावणले ठमठम गर्‍यो, नष्ट भयो। त्यसैले हामीले हाम्रो वरिपरि हाम्रो समाजमा यस्ता मानिस देखेका छौँ, जो बढी ठमठम गरेर, घमण्ड गरेर हिंड्ने गर्थे, अरुलाई बेवास्ता गरेर हिंड्ने गर्थे, ती सारा मानिस नष्ट भए।

आज तिनको इतिहास लेखिएको छैन। आज ती इतिहासमा कलंकित भएका छन्। चाहे त्यो हिटलर होस्, नेपोलियन होस् वा अन्य कोही। ती आज इतिहासमा कुपात्रका रूपमा दर्ज भएका छन्।

तपाईंको बोली नै तपाईंको परिचय होस् यस लोकमा बाँचेका बेलाका लागि पनि र मरेर गएपछि पनि कस्तो संस्कारमा हुर्किएछ ? भनेर र कस्तो गुरुले सिकाएछन् ? भनेर, कस्तो समाजमा बसेको रहेछ ? भनेर। तपाईंको बोलीमा जीवन छ, इहलोक छ, त्यही बोलीमा परलोक पनि छ। त्यसैले बोलीमा मातापिता र गुरुको सम्मान उच्च गराउने क्षमता छ र त्यसमै तपाइको सिङ्गो समाज, देश र युगको सन्देश छ। कस्तो बोल्नुपर्छ ? अब आफै विचार गर्नुहोस्।

तपाईं सुन्दर, सुन्दरी, कलाकार, राम्रो वक्ता, राम्रो पण्डित, राम्रो गायक, वाद्यवादक, राम्रो साहित्यकार हुनुहुन्छ आदि- आदि। त्यसो हो भने झन् झुक्नुहोस्। भगवान् लाई धन्यवाद दिनुहोस्, (Have Mindfulness) “यो सबै तिम्रो कृपा हो, आशीर्वाद हो, मैले के पो गरेको छु र ? ममा के को सामथ्र्य छ र ?” त्यसैले झन् झुक्नुहोस्। हिन्दीमा एउटा भनाइ छ-“मेरा मुझ में कुछ नही, जो कुछ हैं सब तेरा,
तेरा तुझ को सौंपते क्या लागत हैं मेरा।

हामी जे जे भयौँ, प्रभुजी ! सबै तपाइको कृपा र आशीर्वादले हो। त्यसैले “indfulness” अर्थात् ठमठम गरेर नहिंड्नुहोस्। “धीरै धरिबा पांव” अर्थात् खुट्टा उठाउँदा पनि ध्यान दिनुहोस्,  The Way You Lift Your Foot, The Way you Put Back On The Earth. You Have To Be Fully Aware. खुट्टा उठाउँदैछु वा खुट्टा राख्दैछु, ध्यान होस्। तपाइको हिंड्ने बेलामा, बोल्ने बेलामा, हेर्ने बेलामा, सुन्ने बेलामा, खाने बेलामा, यावन् कर्ममा चेतना होस्।

हाम्रो चेतना गुमेको छ; त्यही भएर केही नसोची बोल्छौँ, खान्छौँ, हिंड्छौँ आदि। हामीले आज बोलेको एक शब्दले जीवनभर पछुतो मान्नुपर्ने, रुनुपर्ने हुन्छ। हाम्रो चेतना गुमेको छ; त्यसैले हामी हतास मनस्थितिमा निर्णय गर्छौं। त्यही निर्णयले सारा जीवन रुनुपर्ने हुन सक्छ।

त्यसैले म के गर्दै छु ? भन्ने चेतना तपाईंको हरेक क्रियाकलापमा बनिरहोस्, हर समयमा सजगता होस्। Every Action Should Have That Kind Of Awareness. Every Performance Should Have That Kind Of Awareness. Any Performance Without Consciousness Is Very Dangerous. त्यही भएर सोचेर, सम्झेर चल्नुपर्छ।

हिजोआज हामी धेरै मानिसलाई एक अर्काको वाणीले मनमा चोट लिएर हिंड्नु परेको छ। छातीमा काँडा बनी बिझेको छ, मुटुमा व्यथा बनी पिरोली रहेको छ। त्यही वाणीको कारणले कैयौँ संस्था, पार्टी फुटेका छन्।

किनकि त्यहाँ होश थिएन। आज हामीसँग जोश छ, होश छैन ! याद राख्नुहोस्, जुन व्यक्तिको जीवनमा जोश छ, होश छैन, त्यो व्यक्ति कुद्न सक्छ तर पुग्न सक्दैन। त्यो व्यक्तिले ठूलो पद प्राप्त गर्न सक्छ तर त्यसको आनन्द लिन सक्दैन। धेरै धन प्राप्त गर्न सक्छ तर त्यस धनको सुख प्राप्त गर्न सक्दैन; धेरै मान सम्मान प्राप्त गर्न सक्छ तर त्यसको रसपान गर्न सक्दैन; त्यसबाट प्राप्त हुने तृप्ति पाउन सक्दैन। त्यही भएर गुरु गोरखनाथ भन्नुहुन्छ- “धीरै धरिबा पांव।” होशपूर्ण जीवन होस्, बेहोशपूर्ण नहोस्।

“गरब न करिबा, सहजै रहिबा, भणत गोरष रावं।” अर्थात् गर्व नगर्नु तर गौरव गर्नु। रावणले गर्व गरेर के पायो ? कंसले गर्व गरेर के पायो ? सारा दुनियाँमा राज गर्छु भन्ने अङ्ग्रेजले के पाए ? ठूला- ठूला राजाहरू, महाराजाहरू, सामन्तहरू, ‘मै’ जान्ने भन्नेहरूले पनि के पाए ? त्यसैले गर्व नगरौँ तर गौरव गरौँ, आफ्नो समाजमा, संस्कृतिमा, धर्ममा, राष्ट्रिय विभूतिहरूमा, देशमा। यसैगरी एकता, त्याग, तपस्या, सङ्कल्प, आध्यात्मिक चिन्तन, आत्मिक क्षमता, दर्शन र शास्त्रमा गौरव गरौँ तर गर्व नगरौँ।

“सहजै रहिबा” अर्थात् जीवनलाई सहज बनाउने। मान छ, अपमान छ, सुख छ, दुःख छ, जय छ, पराजय छ, तर पनि जीवन सहज बनाउनुपर्छ। हिंड्ने बेलामा ठेस त लागिहाल्छ, काँडा त बिझिहाल्छ, धूलो त लागिहाल्छ।

पानी पर्छ पर्छ, आँधीहुरी आउँछ आउँछ, पसिना आउँछ आउँछ, उकाली ओराली हुन्छ हुन्छ, किनकि यही नै प्रकृति हो। यदि जीवनमा तपाई यात्रा गर्न चाहनुहुन्छ भने यस्ता उतारचढाव आउँछन्, आउँछन्। तर तपाई आत्तिने, भाग्ने होइन। त्यस्तो अवस्थामा पनि विचलित नभई सहजै रहिबा अर्थात् सहज बन्नुहोस्। धेरै आत्तिने होइन, मात्तिने होइन, तात्तिने होइन। आत्तिने, मात्तिने र तात्तिने यी तीनै चरित्र अर्थहीन छन्, हानिकारक छन्।

गुरु गोरखनाथको वाणीमा मनोविज्ञान, समाज विज्ञान, परिवार विज्ञान आदि सबै विषय समाहित छन् किनकि यो अध्यात्म विज्ञान हो। अध्यात्म विज्ञान भनेको मान्छे बनाउने विज्ञान हो र त्यही अध्यात्म विज्ञानमा मनोविज्ञान, समाज विज्ञान, प्रकृति विज्ञान, ब्रह्माण्डीय विज्ञान र परिवार विज्ञान आदि हुन्छ।

साथै संसारमा जति पनि ठूलाठूला सिद्धान्तहरू छन्, राम्रा विषयहरू, दर्शनहरू सबै यसैभित्र छन्। त्यसैले हामी सबैले जीवन सहज बनाउन गुरुका गोरखनाथका पवित्र वाणीलाई नित्य स्मरण, मनन र व्यवहारमा ल्याउने हरसम्भव कोशिस गरौँ। विद्यालाई ज्ञानतर्फ, सफलतालाई सार्थकतातर्फ, जीतलाई जीवन्ततातर्फ, उपलब्धिलाई उपकारतर्फ, धनलाई ध्यानतर्फ, साधनलाई साधनातर्फ र शक्तिलाई शान्तितर्फ डो¥याउँदै लैजान सक्नुपर्छ।

आफ्ना पाइलालाई आफै हेर्न सक्नुपर्छ, नाप्न सक्नुपर्छ। आफ्नो बानीलाई आफै तौल्न सक्नुपर्छ, बुझन सक्नुपर्छ। आफ्नो मनलाई आफै नियाल्न सक्नुपर्छ, सम्हाल्न सक्नुपर्छ। आफै बोल्ने हो, आफै हिंड्ने हो, आफैले गर्ने हो तर आफैले आफुलाई नै भुलियो भने ! आफू तत्व, आत्मतत्वलाई नै भुलियो भने ! आजभोलि धेरै मान्छेको बोल्दा, हिंड्दा, खाँदा, सुत्दा, सुन्दा, पढ्दा, लेख्दा कुनै पनि होश हुँदैन।

मदहोश व्यक्तिका सम्पूर्ण क्रियाकलापहरू अन्ततः आत्मघाती, परिवारघाती, मित्रघाती, राष्ट्रघाती, मानवघाती र विश्वघाती बन्न पुग्छन्। होश गुम्दा हाम्रो हाँसो गुम्छ, हाम्रो हंस रुन्छ, जीवन अर्थहीन बन्छ। जीवन त “मृत्योर्मा अमृतं गमय” हो, “सत्यं शिवं सुन्दरम्” हो। यही बोध र अनुभूति नै गोरखवाणीको सार हो, सन्देश हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.