सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

डिसी नेपाल
७ पुष २०८२ २०:०३
20
Shares

महोत्तरी। यहाँको मटिहानी नगरपालिका४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ।

उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन्। चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय ५५ वर्षीय सेवक सदाले बताए। उनका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन।

सोही बस्तीमा पाँचौँ पुस्ता बसोबास गर्दै आइरहेको बताउहुनने २२ वर्षीय शोभेन्द्र सदाका अनुसार यस बस्तीमा वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनसङ्ख्या रहेको छ।

बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरुले हालसम्म लालपुर्र्जा प्राप्त नगरेको र यसले के काम गर्छ भनेर समेत थाहा नभएको बताए।

अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरुको आफू बस्ने घरबाहेक अरु जग्गा जमिन नरहेको र भएका जग्गाको समेत लालपुर्र्जा नभएको वडाध्यक्ष अब्दुल गफार राईनले बताए।

उनका अनुसार त्यस बस्तीमा कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर जग्गा छ। तर अब चाँडै उनीहरुलाई लालपुर्जा वितरणको पहल गर्ने उनले बताए।

एक वर्षअघि मात्रै खटिआएको नापी टोलीले आफ्नै अगुवाइमा बस्तीको जग्गा नापजाँच गरेर गइसकेको र चाँडै आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने वडाध्यक्ष राईनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.