क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न गगन थापाको परिपत्र

डिसी नेपाल
८ पुष २०८२ १९:५२
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार ४ बुँदे नयाँ परिपत्र जारी गर्दै क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न निर्देशन दिएका छन्। थापाले एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन्।

नयाँ क्रियाशील सदस्यता १५औं महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको परिपत्रमा भनिएको छ।

कांग्रेसका सबै जिल्लाका जिल्ला सभापतिहरूलाई गरिएको परिपत्रमा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.