नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं। आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए।
आजको बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ महाधिवेशन, आगामी माघ ११ हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment