केयुमा ‘आइटी–मिट’को आयोजना

डिसी नेपाल
९ पुष २०८२ ८:२२
32
Shares

काभ्रेपलाञ्चोक। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम सञ्चालन गरिए पनि मिटको मुख्य कार्यक्रम पुस ११ गते ‘प्रोजेक्ट’ प्रदर्शनीमा विद्यार्थीले बनाएका हार्डवेयर र सफ्टवेयरको प्रदर्शनी हुने क्लबका उपाध्यक्ष किरण दाहालले जानकारी दिए ।

उनका अनुसार करियर फेयरका ११ भन्दा बढी कम्पनीको स्टल राखिनेछ । जहाँ विद्यार्थीले रोजगारीका अवसर र नेटवर्किङको मौका पाउनेछन् । ‘दी एआई वेभः इलुजन अर इनोभेसन’ शीर्षकमा प्यानल छलफल र ‘आइटी क्विज’लगायत विविध कार्यक्रम रहेको दाहालले बताए।

यस्तै ‘कनेक्ट, कम्प्युटर, क्रियट’ भन्ने मूल नाराका साथ आयोजित आइटी मिटमा १५ भन्दा बढी विभिन्न कार्यक्रम समावेश गरिएको जनाइएको छ । मिटमा प्रि–इभेन्टअन्तर्गत ‘इम्पावर–हर’, ‘वी शिल्ड साइबर’, ‘गेमिङ इभेन्ट्स’, ‘आइडिया पिचिन्ङ’ रहेको र प्रदर्शनी र पोस्ट–इभेन्टका विभिन्न कार्यक्रम रहेको छ ।

विश्वविद्यालयको कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागअन्तर्गत सञ्चालित क्लबले साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधिको विकास र शिक्षाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.