दाङमा फरार प्रतिवादी खोजतलास अभियान

डिसी नेपाल
९ पुष २०८२ ९:४०
24
Shares

दाङ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ ।

यसक्रममा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार यही पुस १ देखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रवक्ता शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा रु तीन लाख ७६ हजार ८५३ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । साथै उनीहरूलाई जम्मा चार वर्ष छ महिना १५७ दिन कैद सजाय तोकिएको छ ।

पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको पनि प्रवक्ता शाहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.