‘ल्यास्(ट) क्रिसमस…’
श्रीराधा
केही दिन पहिले ‘स्क्रीन’मा ‘स्क्रोल’कै क्रममा अचानक जोर्ज माइकल ‘पेज’मा एक छोटो भीडियो देखा पर्छ! त्यो भीडियो थियो सङ्गीतको सर्वोच्च अवार्ड-‘ग्र्यामी अवार्ड’ दुई-दुई पटक जितेका जोर्ज माइकल कै! भिडियोमा उनी ‘लाइभ पर्फर्मेन्स’मा थिए।
केही श्यामलकाञ्चन चम्किलो ‘सूट’मा, ती उनै सदाबहार हँसिलो चेहडा, अर्धपारदर्शी केही ‘स्टाईलिश’ कालो चस्मा, मसिना दाडीजुँगा, अग्ला कदका उनी लचकदार फुर्तिलो ज्यानमा झुम्दै-नाच्दै गाउँदै थिए,
“ल्यास्(ट) क्रिसमस(Last Christmas)
भिड कहालीन लाग्यो…उनी अघि बढी नै रहे…
“आइ गेभ यू माई हार्ट(I gave you my heart)
बट द भेरी नेक्स्ट डे(but the very next day)
भिड गायक सँगसँगै गायनमा दौडन लाग्यो…
“यू गेभ इट अवे(You gave it away)
दिस यीअर(This year),
टु सेभ मी फ्रम टी’र्स(To save me from tears)
आ’ल् गिभ इट टु समवान स्प्यासल… स्प्यासल…(I’ll give it to someone Special…Special…)”
भिड कहालियो…
बच्चादेखि के बुढा, सबै पुरुषदेखि महिला, सबै-सबै झुमेका थिए…
भिडियो थियो सन् २००६ को डीसेम्बर १७ तारिखका दिन बेलायतको विश्वविख्यात वेम्ब्ली अरीनाको “जोर्ज माइकल लाइभ इन कन्सर्ट” !
आफ्ना भावनालाई गाएका गायक आफ्नै अघिल्तिर लामो समय देखि खुब जतन सित प्रेमले दिलमा जो साँचिएका थिए, तिनै गायक आफ्नै अघिल्तिर प्रत्यक्ष गाउँदै छन् !!! यही प्रेमानुभूतिमा भावविह्वल केही रुँदै थिए, फुटाएर भक्कानो कोही कहालिँदै, केही बुरुक्बुरुक्, कोही झुम्दै!
“come on sing it for me”, भन्दै उनले दोस्रो हरफमा आफू पछि गाउन भिडलाई अनुरोध गर्छन्; पहिलो पङ्क्ति आफू गाउँछन्;
“वान्स बिटन(Once bitten)”,
माइक भिडतिर फर्काउँछन्,
भिडले थप्छ; “एन्ड ट्वाइस शाई(& twice shy)”,
फेरि आफू गाउँछन्; “आई कीप माई डिस्टन्स(I keep my distance)”,
भिड, ‘बट यू स्टिल क्याच माई आई(but you still catch my eye)”….
ओह्हो ! क्या आर्जन ?! आफ्नो भावनामा जग सारा झुमेका छन् !
आफ्नु भावमा लोक रञ्जित हुनु यो कारण हो कि अति कठिन साधनाको कृपाबलमा चम्किएका यस्ता कलाकारहरू जो यस्तो लाग्ने यी कलाकारहरूका ‘स्टुडियो एल्बम भर्सन’ भन्दा लाइभमा अझ मिठास छ आवाज जीवन्त !
यस ‘लाइभ पर्फर्मेन्स’को पृष्ठभूमिको पर्दामा क्रिसमसकालीन हिमवृष्टि भैरहेको छ, ‘गिफ्ट्स’ अक्सर प्रेमिल नै हुन्छन्, चाङ छन् गिफ्टका, झन् पर्व-चाड विशेषमा त ती ‘गिफ्ट्स’ त झन् प्रेमिलतामा हृदय मधुर खुब चार ओटा चन्द्रमा त्यसमा थपिईन्छन् ! ‘फेयरी लाइट्स’ सहितका ‘क्रिसमस ट्री’, पाश्चात्य ती ग्रामीण भेगका छाना भएका ‘भिन्टेज’ घरहरू…
ती उपर हिउँ परि नै रहेको छ…एक हरिण कुद्दै आउँछन्…टक्क थोरै अडिन्छन्, हेर्नेवाला पट्टि पुलुक्क हेर्छन्, सायद प्रेमको हेराई ! अनि प्रेम बोकी कुदी हिँड्ने प्रेमरूप यी हरिण कुद्छन्; दृश्यबाट अघि बढि बिलाउँछन्, सायद प्रेम पनि आफूसँगै बोकी… हरिण प्रेमस्वरूप हो…
“ल्यास्(ट) क्रिसमस
आइ गेभ यू माई हार्ट…
‘हार्ट’ भनेको प्रेम न हो ! अङ्ग्रेजी भाषामा यो ‘माई हार्ट’ भन्ने शब्द बडा नाजुक छ ! हुन पनि किन नहोस् आफ्नो नाजुकै दिल उनीहरूबाट आफ्नो भाषामा अभिव्यक्त गर्न मासुमै अनुभूतिमा उच्चरित पनि त हुनै पर्यो नि ! आखिर प्रेम र मुटु उही त हुन्; कोमल ! यस्तै बडा नाजुकतामा उच्चरित छ गायकबाट ‘माई हार्ट’ पनि यहाँ, अनि त्यही ‘फील’मा दर्शक-स्रोता सारा पनि भावुकताको गहिराईबाट भावमय बहावमय छन्…
“दिस यीअर,
टु सेभ मी फ्रम टी’र्स
आ’ल् गिभ इट टु समवान स्प्यासल… स्प्यासल…”
यो ‘स्पेसल’लाई यिनले यहाँ आफ्नी ती ‘स्पेसल’ व्यक्ति र आफूलाई उनी कत्ति धेरै ‘स्प्यासल’ छिन् सायद यही इङ्गित गर्न बडा ‘स्पेसल’ तरिकाले नै उच्चारण गरेका छन् ! ‘स्प्यासल’ !!! सुन्नेलाई पनि आ-आफ्नो ‘स्पेसल’लाई ‘स्प्यासल’ तरिकाले नै अनुभूति दिलाउने गरी…
उपक्षेप :
एक ‘क्लासिक विन्टर’ !
क्रिसमस कै समय !
निगाहहरू ठोक्किएका थिए ! ठोक्किएर निगाह गाँस्सिए ! दृश्य र दृष्टि एउटै भए पनि प्रेममा दुई आँखा चार हुन्छन् ! यहाँ पनि अब दुई आँखा चार भएका थिए ! बेगमान् दुवैका धड्कनहरू प्रवेग एक, दुवै मुटु एकैसाथ धड्किएका थिए ! तर, तर यो धेरै लामो समय जानेवाला थिएन ! मात्र एक दिन ! केवल एक्काइसको बडा नाजुक उमेरमै मुटु दिईएको भोलीपल्ट नै अन्तै दिई पठाइएको थियो ! मुटु साटियो भनेको त आफ्नो मात्रै पो गएको रहेछ ! हैट् ! चोट कस्तो होला !!!
अघिल्लो दिन मात्रै संसार सारा प्रेममा झिलिमिली देखेका आँखाहरूमा बलिन्द्रधारा आँसुले अति निकट भविष्य मै छ्याप्प टालिनेवाला थिए! प्रेममा एकैसाथ धड्किएको मुटु, च्यात्तिँदै रक्ताम्य छुट्टिएर अब एक्लै छट्पटाउने वाला थियो खुब नराम्रो सित ! यो कथा हो ‘लास्ट क्रिसमस’को, प्रेम व्यथाको…एक प्रेमवियोगी कथाको…सनम बेवफाको…बेवफाईको…
यस गीतले क्रिसमसका उत्सवमय प्रहर बिच प्रेमवियोगको वयान गर्छ । यस गीत खासमा क्रिसमस चाडको खुसहाल समयका स्पन्दनमा घटित प्रेम र लगत्तैको भोलिपल्टैको प्रेमवियोगी बज्रपात गाउँछ।
अनि फेरि फर्किएर अर्को सालमा मिठो क्रिसमस मै आईपुग्दा उही नमिठो विगतमा घटित प्रेमचोटको जम्काभेटको अमिलो दैवसंयोग बारेमा प्रेमक्रन्दित छ । भर्स र कोरसमा उही कोर्ड प्रोग्रेसन प्रयोग गरिएको “गीतको ‘अपबीट रीदम ट्र्याक(Upbeat rhythm track)’ ‘unrequited love’ को दर्दको ‘कन्ट्रास्ट’मा छ”, जोर्ज माइकलका तबका ईन्जिनीयर, मिक्सिङग ईन्जिनीयर क्रिस पोर्टर बताउँछन् ।
हर एक मानव दुःखी छन् यहाँ, हर एक मानव मर्त्यलोकी पिडाले आहत ! पिडालाई सोझै पिडा कै रूपमा प्रसारण गर्दा पिडाको गुणनात्मक अभिवृद्धि होला आमको ती कोमल हृदयहरूमा पुगी तिनको अनुभूतिमा उत्रँदासम्म !
त्यही पीडालाई नै बरु रूपान्तरण गरी जादुयी कलात्मकताको प्रस्तुतिमा हृदयहरू सामु परोस्ता तिनले जनमानसमा उर्जा-प्रेरणा र उत्प्रेरणाको काम गर्दछन् ! एकातिर राख्न खोजिएका आफ्ना विचार पनि लोकमा अर्पण भए अनि अर्कातिर त्यसबाट लोकका हृदयहरू उर्जामा झुमे पनि !!! ओह्हो !!! कला प्रस्तुतिको यो क्या कौशल !!!
केवल सत्ताईसकै अति कलिलो उमेरमा आत्मवृत्तान्त लेख्न पुगेका पपसम्राट माइकल ज्याक्सनले पनि आफ्नो आत्मवृत्तान्त ‘मूनवाक(Moonwalk)’मा यस्तै भन्छन् । अनि सर्वकालीन महानतम कलाकर सर चार्ल्स च्याप्लिन(चार्ली च्याप्लिन) पनि । च्याप्लिन आफ्नो आत्मवृत्तान्तरूप उनको अद्वितीय पुस्तकमा पनि उनी यही भन्छन् ।
अत्यधिक गरिबी र कहालीलाग्दो महाकष्टबाट गुज्रँदा न को बराबर नै औपचारिक शिक्षादिक्षा पाएका यिनको आफ्नो आत्मवृत्तान्त ‘मेरो आत्मवृत्तान्त’ – ‘माई अटोबायोग्राफी(My Autobiography)’ आधुनिककालीन मानवजातिबाट लिखित सर्वोत्कृष्ट मध्येका एक पुस्तकमा दरिन्छ !
लगभग नपढेका मान्छेले यति सुन्दर पुस्तक लेखिदिए !!! ओह्हो !!! चलचित्रको ‘स्क्रिप्ट’ लेख्ता-लेख्ता उनको लेखनी त्यति सम्म खारिएछ ! लेखनबारे अति विनीत भावमा उनले आफ्नो यस पुस्तकमा “…केही मात्र भए पनि यसरी यसरी मैले लेख्न सिकेँ…” भनी लेखन बारे व्यक्त गर्दै, विभिन्न महान् लेखकका लेखनमा अथक अभ्यासका उद्धरण सहित हामीलाई ठुलो प्रेरणा दिएका छन् । खैर ! साह्रै कहालीलाग्दा आफ्ना कठिनतम पिडाका चाङ उपर हाँसेर-हँसाएरै जितेका च्याप्लिनले त पिडालाई अझ बरु अद्वितीय हाँस्यरसमा पस्किदिन्थे । आफ्नो कला उपर उनको यति सम्म भक्ति भयो कि उनलाई सम्झने वित्तिकै दिल खोलेर हाँसो उठ्छ ! यो जस्तो सिद्धि के होला ?!
जोर्जले ठ्याक्कै यही विलक्षणता देखाए ! यो उनको कलाकौशलताको विलक्षण कुशलता हो ! त्यो उचाईमा पुगेको एक कलाकार विलक्षण त हुने नै भए, विलक्षणता नहुँदा सम्म त कसरी त्यो उचाईमा पुग्थे होलान् र ?! अनि संसारभरको प्रसिद्धि, संसारभरका रित्त्याएर हृदयका प्रेम कसरी उनलाई प्राप्त हुन्थ्यो होला र ?! प्रेमवियोगको एक व्यथा यहाँ उर्जा प्रदायक ‘डान्सिङ् नम्बर’मा जसरी लोकलाई झुमाउन पुग्छ; शब्द-अभिव्यक्तिबाट आफ्ना विचार पनि अभिव्यक्त भयो अनि त्यही शब्दबाट प्रेरणा लिएर बाँकी प्रस्तुतिबाट उर्जा पनि प्रवाहित भयो ग्रहणकर्ता माझ ! हाय क्या बात !
स्रष्टाहरू प्रेमले भरिएका हुन्छन् ! अतः उनीहरू पनि प्रेमविह्वल नहुने कुरै भएन । मानछेहरू बजारमा हल्ला गर्छन्; उनको आफ्नै हृदयाघात प्रेमको, यसैलाई प्रेरणा बनाएर गीत लेख्ने निर्णयरूप उनी हुन पुगे भनी भनिन्छ ! मान्छेहरू हल्ला गर्छन् ! बाँकी त गीतको उचाई ‘रेस्ट इज हिस्ट्री’ भन्छन् । हाम्रै सामु छन्…
यसरी एकातर्फ किशोर समयमा बेतोड धड्किने उनको साङ्गीतिक धड्कनलाई एक गम्भीर गीतकारको दर्जामा अब्बल उभ्याउन उद्यत उनी उत्कट थिए भने अर्को तर्फ एक सङ्गीतस्रष्टाको गीती हृदयलाई प्रेमको हृदयाघातले दिएको उर्जा !!! क्रिसमसमा पिरतीको हृदयाघात कसले सोचेको हुन्छ होला र खै ?!
हिमपहिरो जस्तै प्रेमवियोगी आर्तभावको थेगिनसक्नुको पहिरो यति मधुर प्रहरमा, जोर्जलाई यही बज्रपात प्रेमको परिरहेको थियो सायद ! प्रीतको हृदयाघातलाई उनले ‘हिट’ मा रूपान्तरित गर्दिए !!! बाँकी त जोर्जको चमत्कार र त्यसको यति लामो र यति ठुलो असर सबैलाई एउटै वाक्यांशमा ‘रेस्ट इज हिस्ट्री’ भन्छन् –! विश्लेषकहरू अभिव्यक्त हुन्छन्; “चाडपर्वकालीन उत्सवको रमझमले मुदित, निराश र उल्लसित; सबै एकै बाजि अनुभूत दिलाई दिने ‘लास्ट क्रिसमस…’ दुनियाँमा सबैभन्दा जानिएको पप गीत मध्येको एक हुन पुग्यो !!!”
क्रिसमस मनाउने लोक माझ भनिन्छ; “जबसम्म जहाँजहाँ क्रिसमस मनाइन्छ, तबसम्म ‘लास्ट करिसमस’ त्यहाँको साङ्गीतिक माहौलको हिस्सा हुन्छ ! अनि क्रिसमस, ‘लास्ट क्रिसमस’, ‘ह्व्याम!’ र जोर्ज माइकल; एक अर्काका पर्याय बन्न पुगे !!!” कत्रो उपलब्धि !
“जोर्जले आफूलाई पप ‘जनर(genre)’का उत्कृष्ट मध्येका गीतकारका रूपमा दरिन आफूमा महत्त्वाकाङ्क्षी आत्मविश्वास दृढ बनाएका थिए” भनी उनका साङ्गीतिक जोडा अनि अभिन्न मित्र रिजली माइकलका उच्च अठोट साझा गर्छन् ।
उनले आफूलाई त्यही प्रेमले सम्झिईन चाहन्थे तर “ ‘लास्ट क्रिसमस’ रचनालाई व्यक्तिगत रूपमा आफूसँग राम्रो या नराम्रो कुनै पनि हिसाबले जोडिएको चाहन्नथे”, माइकलका पूर्व म्यानेजर साइमन न्यापिएर-बेल(Simon Napier-Bell) बताउँछन्।
धेरैले “के यो जोर्जको आफ्नै प्रेमवियोगी व्यथा हो ?” भनी उनका जिग्री एन्ड्रू रिजलीलाई सोध्दा उनी भन्छन्; “र, यो कुरा अनजान नै रहनेछ किनभने मैले यो उनलाई कहिल्यै सोधिनँ, वास्तवमा ! जबकी यो दुःखी र शोकपूर्ण शब्द हो, यो एक अद्भुत विरोधाभास थियो – धोका खाएको प्रेमको उदासी र विलापलाई एक यस्तो धुनको साथमा राख्नु, जो बहुत उत्साहवर्धक, हलुङ र सुरिलो थियो।
अनि मान्छेले पनि यसलाई दुःखी ट्र्याकको रूपमा लिन्नन् । मलाई लाग्दैन यो कुनै व्यक्तिगत अनुभवको उपज हो । मलाई लाग्छ यो विषय चैँ क्रिसमसमा तीव्र हुन्छ । अति विलक्षण साङ्गीतिक मस्तिष्कका उनले यो कुरा राम्रो बुझेका थिए, यसमा मलाई रत्ती पनि शङ्का छैन । अतः उनीसँग जोडिएको छ छैन भन्दा पनि यो निस्संदेह रूपमा एक आलिसान प्रतिभाको प्रस्तुति थियो किनभने यो यत्ति धेरै सुन्दरतापूर्ण तरिकाले काम गरेको छ !”
“रचनाको उचित मूल्याङ्कन गर्दै यसलाई सही विश्लेषण अनुसार हेरिए हुन्थ्यो”, जोर्ज माइकलको पनि यही चाहना थियो । क्रिसमसको सबैभन्दा उत्कृष्ट गीत लेख्छु भनी आफूमा महत्त्वाकाङ्क्षी विश्वास लिएका उनले केही चिडचिडाहटयुक्त बुझाईमा उनलाई आफूले लेखेका मध्ये सबैभन्दा उत्कृष्ट पनि उनलाई लागेको थियो ।
सन् ’८० को दशकको खुब चर्चित ‘सीन्थपप स्टाइल’मा एक सचेत मनस्थितिले सुन्दर शब्दशिल्पीबाट तयार भएको ‘लास्ट क्रिसमस…’ एक अद्वीतिय गीत हो जसको श्रेय बेलायती ‘(ड्यूओ duo)’ ‘ह्व्याम् !’ लाई जान्छ । ‘ह्व्याम!’ जोर्ज माइकल र एन्ड्रू रिजली(Andrew Ridgeley) दुई जना मिली बनेको साङ्गीतिक समूह ‘(ड्यूओ duo)’ हो।
‘लास्ट क्रिसमस…’ र ‘ह्व्याम!’ : यी दुई शब्दका परिचय एक गीत र त्यसलाई सृजना गर्ने साङ्गीतिक समूह फलानो भनेर छोट्टोमा मात्र सक्न खोजे पनि यो सकिँदैन, किनभने यसले चार दशक नाघ्दा पनि पिछा छोडेन, र छोड्ने छाँटकाँट पनि अहँ देखाउँदैन ! किन होला यस्तो ?! किनभने यो गीत संवेदना भैसक्यो । यसमा मानिसले आफूलाई पाए, गीतमा आफूलाई हराए, आफूलाई ‘रीलेट’ गरे ! अतः यो गीत गीत मात्र हैन अब सम्म आई पुग्दा त भावना, ‘ईमोसन’ भैसक्यो ! ढुकढुकी भैसक्यो !
‘ह्व्याम!’ सन् १९८१ मा बेलायतको बुशी(Bushy)मा बनेको साङ्गीतिक ‘ड्युओ’ हो ।
जोर्ज माइकल र एन्ड्रू रिजली बेलायतको हाटफोडशा(Hertfordshire)को बुशीमा स्थित ‘बुशी मीड्स स्कूल(Bushy Meads School)’ जहाँ एक साथ एक अर्कालाई नियतिले लगी पुर्याईन् हो त्यहीँ जहाँ यी दुई एक अर्काको बाटो जब एक आपसमा काटियो, पछि गएर सन् १९८१ मा ‘ह्व्याम!’को जन्म र यसको चम्किलो भविष्यको बीजारोपण त्यहीँबाट हुनु पूर्वयोजना अनुरूप नियतिको खेल जो थियो ! दुवैको सङ्गीत प्रति हद नाघेर ‘पागलपन’ !
नियति कै कृपा; रिजलीको ‘स्टाइल’ प्रतिको उच्च समझ, अनि अति तिक्ष्ण “योग”को लजालु स्वभाव ! दुईको योग एक पूर्ण सन्तुलन । सन् ’८६ मा रिजली र माइकल छुट्टिनु अघि तिस मिलियन भन्दा बढी ‘रेकर्ड्स’ विक्री गर्दै संसारको सबैभन्दा विशाल मध्येको एक साङ्गीतिक घटन हुन पुग्यो, ‘ह्व्याम!’ । सन् अस्सीको दशकको सर्वाधिक कामयाब पप नाम मध्ये एक ! ‘ह्व्याम!’ ‘ब्याम!’ स्विट्सर्लयान्डको ‘सास-फी’ ‘स्कि रीसोर्ट’ !
सेताम्य पहाड ! समय सन् ’८४ । सुन्ना तारत्तै जुरुक्क उत्साह जगाउने ताल भएको सङ्गीत सुरु हुँदा साथै मन झुम्छ, मन झुमेको तारन्तै शरीर झुम्न लाग्छ अनि नेपथ्यमा प्रेमवियोगीक्रन्दन गुञ्जन्छ…टाढा दृश्यमा अघिअघि एक कालो जीप्सी गाडी र पछ्याउँदै आईरहेको एक रातो जीप देखा पर्छ…ठ्याक्कै आँखा अघिल्तिर आई पुगी झ्याप्प चक्का रोकिँदा गाडीबाट ओर्लँदै जोर्ज देखापर्छन्…उनकी प्रेमिकासँग अँगाल्दै ओर्लन्छन्…पर दृश्यमा पहिल्यै ‘रीसोर्ट’मा पुगेर पर्खिरहेका साथीसमूहसँग हात हल्लाएर अभिवादन साटासाट हुन्छ । कर्केनजरहरू आँखा जुध्दै छड्के बन्दछन्… यहीँबाट…
छन् यिनी आ-आफ्ना हमसफर-‘gf’ सँगको सफरमा स्विट्सर्ल्यान्डको यो ‘स्कि रीसोर्ट’मा जहाँ क्रिसमसको सुखद विदा मनाईँदै गरेका रोमाञ्चक समयका मधुर प्रहरसँग दैवसंयोगले विरोधाभासी प्रभेदको घटनमा अवसादमय रोमाञ्च भरिएको नमिठो अतीतको जम्काभेट हुँदैछ !
मानिस लेख्छन्; “टिभीमा सुन्दर देखिने अनुहारका साथीहरू यी सब आफ्ना हुल बाँधी हिउँले ढाकिएका सेता पहाड नाघ्दै प्रेम शरारती भरा एकअर्काले हिर्काई खेल्न हिउँका बरफी गोलाले हानाहान गर्छन्, अनि क्रिसमस सँगै मनाउँदै त्यस स्विस ‘श्याले(Chalet)’मा बास बस्न खोजेका हुन्छन्…
तर, तर जोर्जलाई यो क्रिसमस आम क्रिसमस थिएन ! न नै पछिल्लो आम थियो ! दुवै क्रिसमस खास थिए ! पछिल्लोमा मिठा नजर साटिएका थिए र मुटु पनि यिनले दिई पठाएका थिए…यस सालकोमा पनि नजरहरू त ठोक्किँदै त थिए, तर कर्के भएर छड्के लागेका थिए… हो !
नजरहरू … मिठा नजरहरू थिए, अब त ती अमिला भैसकेका थिए…किनभने जोर्जले जसको नजर मिठो मानी मुटु साटेँ भनी मुटु नै झिकी दिएका थिए, तिनको त्यो मुटु अन्तै कतै पठाईसकिएको थियो… अमूल्य उनको मुटुलाई मूल्यहीन सोची… अमिला कर्के नजरहरू छड्के र प्रेमको सुषुप्त अति गुप्त हृदयाघात …. उफ ! प्रशंसक सम्झँदै लेख्छन्; “कर्णप्रिय मसिना घण्टीहरूका टिङटिङ पछाडि गुप्त ‘मेलान्कोली(melancholy)’ !” हाय !
हो यो क्रिसमस जोर्जका लागि अघिल्लो साल झैँ अर्को विशेष थियो, पहिले-पहिलेका क्रिसमस झैँ आम थिएन, यो भेटघाट साथीसङ्गीसँग नि आम थिएन…अघिल्लो सालको झैँ विशेष नै थियो…किनभने ती साथीसमूहमा एक खास कोही थियो…जसका कारण नै यही गीत थियो…यही गीतको अर्थ थियो… “बाहिर व्यवहारमा क्रिसमसको रमझममा जबर्जस्ती झुमेको भावभङ्गी भित्र गुमाउनुको पिडा र त्यसको छायाँ रहेको छ भीडियोमा । भीडियो पनि छोट्टोमा प्रेमवियोगी एक चलचित्र झैँ…माइकल यही चाहन्थे !”, जोर्जका निकटस्थ प्रशंसक बताउँछन् ।
साङ्गीतिक चलचित्र(म्युजिक भीडियो)मा ‘लास्ट क्रिसमस…’:’ एन्ड्रू सम्झन्छन्; ‘ह्व्याम!’ चर्चित हुनु अगावै देखिका साथीसङ्गतिलाई म्युजिक भीडियो को ‘शूटिङ्ग’का लागि “ ‘फ्री’ भए आईदिनुपर्यो” भनी माइकलले सबैलाई बोलाएको । सबै अति घनिष्ट मित्रको स्वतःस्फूर्त अभिव्यक्ति हुनाले भीडियो जीवन्त हुन पुग्यो !
स्विट्सर्ल्यान्डको ‘स्कि रीसोर्ट’ ‘सास-फी(Saas-Fee)’मा आफ्ना ‘ह्व्याम!’का साङ्गीतिक जोडा जोर्ज र रिजली आफैँ, अनि वास्तविक जीवनका अति निकटका अन्य साथी जो हरसमय सँगसँगै जीवनमा मस्तिको धमाका विस्फोट गर्थे; डेभिड रिड्लर, जोन्नी, प्याट र शेरील, जोह्न र डेभ ! “तबका साथी, अझै सम्मका साथी”, रिजली सम्झन्छन् !
अनि अन्य केही पारिवारिक सदस्यको पनि अभिनय रहेको यस साङ्गीतिक श्रव्यचित्रमा ‘ह्व्याम!’कै पार्श्व गायक पेप्सी र शर्ली अनि माइकलकी पूर्वप्रेमिकाकी रूपमा मोडेल क्याथी हिलको अभिनय छन् । र, ‘रील’मा माइकलकी पूर्व प्रेमिकाकी रूपमा देखिएकी यिनी क्याथी हिल यस पुरै ‘रील’मा उनी मात्रै रातो पहिरनमा प्रस्तुत गराईएकी छिन् भनिन्छ !
सायद प्रेमी नजरमा गढेको प्रेमको रङ्ग ! अरू भन्दा खास ! आम भन्दा छुट्टै ! संसार भन्दा सर्लक्क अलग्ग प्रेम छुट्टिन्छ ! संसारको मारामार भरमार दृश्यपटमा प्रेमको दृष्टिले सर्लक्क अलग्गिन्छ एक व्यक्ति जो छ खास !!! हो यो त्यही रङ्ग हो जो प्रेमको रङ्ग हो ! उफ्! माइकल ! रङ्ग यो रातो, हो प्रेमकै रङ्ग हो !!!
प्रेमको ‘फ्ल्याशब्याक’मा जिन्दगीमा जाँदा…प्रेमीले उनकी उनीलाई पछिल्लो क्रिसमसको मिठो प्रेमप्रहरमा एक रत्न जडित ‘ब्रूच(brooch)’ प्रेमोपहार अर्पण गरेका हुन्छन् ! तर विडम्बना अमिलो वर्तमानको यो मिठो क्रिसमसमा पूर्व भैसकेकी प्रेमिकालाई अर्पित त्यो ‘ब्रूच’ उनको वर्तमान प्रेमीले पहिरिएका छन् !!! हाय !!!
यो ब्रूच यहाँ बडा साङ्केतिक प्रतीति छ भनिन्छ; प्रेमका उपहारहरूमा दिनेवालाको मुटु साथै गएका हुन्छन् ! त्यो उपहारको उच्चतम महत्त्व नबुझी त्यही उपहार यहाँ अर्कालाई गएको छ !!! दिई पठाईएको छ ! रत्न अमूल्य नहोला ! बहुमूल्य होला तर अमूल्य नै चैँ नहोला ! अमूल्य र बहुमूल्यमा ठुलो भेद छ; आकाश र पाताल झैँ !
किनभने बहुमूल्यको मूल्य जति नै माथि भएपनि केही न केही भौतिक मूल्यमा उत्रेर तौलिईन तल यस धरातलमा आई पुग्नै पर्छ, तर अमूल्य ? ओह्हो ! संसारको कुनै पनि मूल्यले नै भेट्नै सक्दैन ! यहाँ रत्न जडितको मूल्य ठूलो थिएन, प्रेममा सिँचिएर त्यो निथ्रुक्क प्लावित थियो अतः ‘ब्रूच’ त्यो अमूल्य थियो दिनेवालालाई पनि र प्राप्त हुनेवालालाई पनि ! तर हाय ! प्रेमको प्रतीक अमूल्य त्यही ‘ब्रूच’ अरू कसैलाई हठात् दिई पठाईएको छ !!! भोलिपल्टै !!! गीतको पुरै अर्थ र व्याख्या यही सानो तर गहिरो एक मधुरमौनी साङ्केतिक प्रस्तुतिले छताछुल्ल बयाँ गरेको छ !
गहिरिएर विचार्दा यस ‘ब्रूच’ले छोट्टोमा गहिराईमा गएर सम्पूर्ण गीत र भीडियोको सार नै व्याख्या गर्दिने यस्तो सर्वोत्कृष्ट जुक्ति कसरी फुर्यो भन्ने प्रश्नमा एन्ड्रू भन्छन्; “मेरी हजुरआमाले मेरी आमालाई यो प्रेमोपहार दिनुभएको थियो र मेरी आमालाई चैँ यो केही पुरानो शैलीको लागेर त्यति प्रयोगमा ल्याउन ध्यान गएको थिएन ।
मैले चैँ बरु त्यसपछि विभिन्न व्यावसायिक अवसरमा लाएँ किनभने यो दृष्टिलाई खिँच्ने खालको लाग्यो ! यस म्युजिक भीडियोका डाइरेक्टर एन्डी मोर्याहान(Andy Morahan)ले यो याद गरेका रहेछन् ! यो ‘ब्रूच’ले यस भीडियोमा प्रेमोपहारको उत्कृष्ट उदाहरण बनाउँछ भनेर उनले चिने !”
भिडियोमा क्यामेराले परबाट देखाउँदा क्रिसमस विदा मनाउन आएका उक्त प्रेमित समूह ‘रीसोर्ट’को त्यस ‘श्याले’ तर्फ अघि बढ्दै गरेको देखिन्छ । तर त्यस ‘श्याले’को चाबी नभएर ‘श्याले’ भित्रको ‘cozy’ सजावटको दृश्य चाहीँ ‘रीसोर्ट’ कै सांस्कृतिक केन्द्रमा खिचिएको थियो भनिन्छ ।
एकदम मिहिन कुरामा ध्यान दिन कुनै पनि सम्झौता नगर्ने यी रचयिता हुन्छन् ! सन् अस्सीको दशकको स्मृति रेकर्ड गर्न ध्यान दिईएको म्युजिक भीडियोमा उससमय खुब चर्चित ठुलो ‘हेयरस्टाइल’ रेकर्ड गरिएको छ । चिसो स्याँठिने हावाले कपाल उडाएर भीडियोमा विचित्रै देखिने हुन गएकाले जोर्जले ज्याकेटको टोपी बाहिरका दृश्य खिच्दा लाईरहेका हुन् रे !
‘लास्ट क्रिसमस’को म्युजिक भीडियोले जोर्ज माइकलको दाडिजुँगा बिनाको सफाचट अनुहार इङ्गित गर्छ ! अनुहारको यो ‘गेटअप’मा जोर्जलाई देखिनु अन्तिम पटक नै थियो रे ! त्यसपछि उनी कहिल्यै पनि ‘क्लीन शेभन’ – सफाचट देखिएनन् भनिन्छ ! उनले त्यस पछि जुँगा सहित दारीवाल ‘लूक’ लाँदै रहे…यही भनिन्छ !
आफ्नी ‘रीयल लभ’ सँगै आईपुगेका माइकल केवलकारबाट क्रिसमस विदाका सुनौला प्रहर सुरु भई अघि बढेको भीडियो क्रिसमको पल व्यतीत सँगै सबै उही केवलकारमा विदा सकी फर्कँदा माइकल पनि पुनः आफ्नी ‘रीयल लभ’ सँग खुसहाल फर्कँदै छन्; उनी प्रेमको सही प्राप्तिमा तृप्त-सन्तुष्ट छन् !!!
“यस ‘लास्ट क्रिसमस…’ भीडियो र पछि विख्यात वेम्ब्ली रङ्गशालाको प्रस्तुतिलाई माइकलबाट ‘क्रिसमस प्याकेज’का रूपमा योजित थियो”; ह्व्याम! का उसबखतका म्यानेजर साइमन न्यापिएर-बेल बताउँछन् ।
रिजली ती मिठा अतीतका पल सम्झँदै सुनाउँछन्; “गीतको बोल, अनि सम्पूर्ण शब्द नै अत्यन्तै दृश्यात्मक र चलचित्र झैँ छन् । यी शब्दले नै एक आदर्श जस्तो दृश्यको दृश्याङ्कन गर्दछन्-सेताम्य हिमगलैँचा उपर अनवरत हिमवृष्टि हुँदै गरेको पहाडीमा आफ्ना हृदयमा नबिझाउने साथीसङ्गीसँग क्रिसमस बिताउनु !
भिडियोमा हामी साथीहरू बिच जो सही मानेमा आफ्नोपन, आत्मीयता र लगाव थियो, त्यसलाई दर्शकले साफ देख्न सक्नुहुन्छ । अनि ती सब ज्यादै आकर्षक र मनमोहक हो नै ! मलाई लाग्दछ कि हाम्रा ज्यादातर प्रशंसक त्यस टेबलमा ओरिपरि हाम्रा साथैमा चारैतिर घेरिएर बस्न, एक मधुर चाहत !”
गर्मीमा हाइकर्स र पर्वतारोहणका सौखिन रम्ने इटालियन बोर्डर नजिक स्विस आल्प्सको एक गाउँको टुप्पामा २,३०० मी.को उचाईमा अवस्थित सन् ’७० कै दशक देखि चर्चित पुरै योरोपको सबैभन्दा अग्लो स्थानको यस स्विस ‘सास-फी स्कि रीसोर्ट’ जहाँ हरेक डीसेम्बरका ‘भ्याकेसन्स’मा जोर्ज र ‘लास्ट क्रिसमस’का प्रशंसकहरू संसारका कुनाकुनाबाट अझै पनि पुग्छन् रे र त्यही पुरानै ‘सेटिंग’मा ‘क्यारिओकी’मा गाउँछन्; ‘लास्ट क्रिसमस आइ गेभ यू माइ हार्ट…”। ती काठका बारहरूबाट उसै गरी ‘फ्यान्स’ फराल्छन् रे, अनि ती केही होचा देखिने पाइनका वृक्षहरू अब त आकाश छुने ठुला भए रे !!!
यी सब छोडी जोर्ज माइकल त गइहाले, भनिन्छ सन् २०२४ मा उनको यादरूपी निराकार साथ बोकी यस गीतका म्युजिक भीडियोमा अभिनय रहेका बाँकी सबै चर्चित नाम पुनः पुग्छन् ‘तीर्थयात्रा’ झैँ अत्यन्तै भावुक तुल्याउने वर्तमानबाट त्यो मिठो अतीतमा फर्किएर यादहरूका गल्लीमा स्मृतिलाई ताजा गर्न…
‘नन सीजन’मा दैनिक ४२ हजार ‘भ्यूज’ र क्रिसमस याममा दैनिक १ मिलियन र कुनै साल त त्यो भन्दा बढी ‘भ्युज’ यस म्युजिक भीडियोले अपार मायाँको रूपमा चालिस वर्षको उमर छुँदासम्म लगातार लगातार पाई नै रहेको छ । डीसेम्बर २०२५ सम्ममा ‘लास्ट क्रिसमस’को आधिकारिक म्युजिक भीडियोमा एक बिलियन भन्दा बढी भ्यूज छन्…
गीतको घटनः लेखन, ‘कम्पोजिसन’, ‘अरेन्जिङ’ आदि:
एन्ड्रू ‘ह्व्याम!’का जो अर्का आधा हिस्सा हुन्, उनले पछि विभिन्न अन्तर्वार्तामा गीत उत्पत्ति बारे भनेका छन्; “हामी जोर्जको बुवाआमा भेट गर्न उत्तरी लन्डन स्थित उहाँहरूका घर पुगेका थियौँ । केही खाने कार्यक्रम हुँदै थियो, हामी फुङ्ङ मस्त आनन्द बादल झैँ विदाका ती सुनौला प्रहरहरूमा रम्दै थियौँ, टिभी पृष्ठभूमिमा चलिरहेकै थियो, तब अकस्मात् जोर्ज कहाँ बिलाएछन्, बिलाएछन् ! लगभग एक घण्टाको आसपास भन्दा बढी भो उनी देखा परेनन् ।
टिभीमा फूटबलको महत्त्वपूर्ण ‘म्याच’ चलिरहेको थियो ! त्ये भएर आइहाल्लान् नि, यतै कतै होलान् भन्ने सोची म पनि टिभीतिरै फूटबलमा अल्मलिरहेँछु । तब अकस्मात् जोर्ज देखापरे ! उनी माथ्लो तलाको सिँढीबाट खुब हौसिँदै फराल्दै अत्तालिँदै आईपुगेका थिए !
त्यस्तो उनको चम्किलो आशाको जोश थियो ! जुन उनको सदा हँसिलो चेहडामा झन् झिलिमिली झलमल्ल चम्किएको थियो ! यस्तो लाग्थ्यो उनले एक सुनखानी भेट्टाएका छन्, जुन यथार्थमा सुनखानी नै थियो ।
जोर्जको वास्तविक नाम योर्घोश कीरीआकोस पनाईओटू(Georgios Kyriacos Panayiotou) हो । यही नामबाट संक्षेप्तिकरण गरी निर्माण हुन गएको “योग” उनको उपनाम हो ! “योगले मलाई घिसार्दै सिँढीबाट मास्तिर उनको बालखकालको बेडरूम तर्फ हानिए! म केही अत्तालिएको थिएँ पनि! केही नराम्रो नै पो भयो कसो ?!
या बच्पनको यिनको प्रेमको केही चिह्न भेटे र उनी मिठो-अमिलो स्मृतिले मुटुमा हान्ने चिसिक्कको बज्रपाती चट्ट्याङ् मलाई पनि देखाउन तानेका छन् ! हामी उनको पुरानो कोठामा गयौँ, त्यो कोठा जहाँ हामीले रेडियो ‘शो’हरूका प्रस्तुति र ‘जिङ्गल्स’लाई कलात्मक तवरले रेकर्ड गर्थ्यौँ, स्वर्णिम ती बच्पनका घण्टौँ गुजार्थ्यौँ । त्यो कोठा जहाँ जोर्जले एक कीबोर्ड राखेका थिए र एक उपकरण जसमा उनी आफ्ना प्रेरणाका चिङ्गारी रेकर्ड गर्ने गर्दथे ! खासमा त्यो एउटा सानुतिनु स्टुडियो नै थियो !
“तैँले यो सुन्नै पर्छ!”, जोर्जले खुब उत्साहित हुँदै भनेका सम्झन्छु । मलाई ‘लास्ट क्रिसमस’को उनले कीबोर्ड ‘पार्ट’ सुनाए ! धक्धक् धड्किरहेको धड्कन झैँ अनुभूत हुने त्यो एक विलक्षण ‘मेलोडी’ थियो-अत्यन्त चुम्बकीय, केही विषादी र जुर्मुर्याउने पनि ! उनी जान्दथे; “तीर निशानामा लागिसकेको छ” !!!
शैशवकालको बेडरूममा उनले एक सानुतिनु ‘फोस्टेक्स फोर-ट्र्याक रेकर्डिङ्ग स्टुडियो(Fostex four-track recording studio)’ नै तयार राखेका थिए जसमा ‘फोर ट्र्याक(Four track)’ रेकर्ड गर्न एउटा क्यासेट टेप प्रयोग हुन्थ्यो त्यही ‘फोर-ट्र्याक मिक्सर(four-track mixer)’ मा उनको तिक्ष्ण मस्तिष्कबाट पहिलो चोटि सुषुप्त ‘लास्ट क्रिसमस’को अमूर्ततालाई मूर्ततामा जन्म दिए !
हो उनलाई प्रेरणाका चिङ्गारी घटित गराईदिने त्यही कोठामा उनले मलाई अगि भर्खर केही पहिले तयार गरेको रचनाको ‘ईन्ट्रो’ अनि मोहित तुल्याउने तर केही अवसादी ‘कोरस’ र मिठो ‘मेलोडी’ ‘लास्ट क्रिसमस’को सुनाए…यो अद्भुत आश्चर्यको क्षण थियो !”
त्यो पहिले मोटामोटि एक घण्टा गायब हुँदाको क्षणमा नै उनले गीतको ‘कोर्ड’, ‘इन्ट्रो’ र ‘कोरस’ पहिल्यै तयार गरिसकेका रहेछन् । पलभरमा घटित प्रेरणाको विद्युल्लता झिलिक्क अद्भुत उनको रचना, आधारभूत खेस्रा स्वरूप मै विलक्षण ‘मेलोडी’लाई क्रिसमससँगको घोलमा; त्यस्तो देखि रिजली मुख खुल्लाको खुल्लै रहेछन् !
रिजली सम्झन्छन्; “त्यो क्षण दिव्य थियो, मलाई थाहा थियो यो एक हिट रेकर्ड हुनेछ ।” यिनी अगाडि थप्छन्; “तब हामीसँग थोरै मात्र सुन्दर रचना थिए त्यही भएर गजबको रचना सुन्दा हामीले चिन्न सक्थ्यौँ । आज आएर यो क्रिसमसको अभिन्न तत्त्व नै भएको छ ।” प्रशंसकहरू लेख्छन्; “साङ्गीतिक इतिहासमा पक्कै पनि त्यस सुन्दर साङ्गीतिक प्राकट्यको साक्षी रिजली जस्तै त्यस कोठाका हरेक चिजबिज कति भाग्यमानी !”
“जोर्जले मानौँ साङ्गीतिक रसायन विद्या गरेर देखाईदिए जसमा क्रिसमसको सारलाई उनले सङ्गीतमा उतारिदिए । अनि त्यस उपर शब्दमा एक बेवफा प्रेमकहानी जोड्नु एक ‘मास्टरस्ट्रोक’ थियो र जस्तो कि यस्तो उनी यस्तो अक्सर गर्दथे, यो पालि पनि हृदयहरूलाई स्पर्श गर्दिए !” , पूर्व ‘फर्म्युला थ्री मोटर रेसिङ्ग ड्राइभर(Formula Three motor racing driver)’ पनि रहेका वर्तमानमा झन् जोशिला एकसट्ठी वर्षीय युवा रिजली आफ्ना मिठा सम्झनाहरू सम्झन्छन् ।
यसरी खेस्रामा आफ्ना बच्पनका जिग्री अनि साङ्गीतिक दोस्ती रिजलीलाई एक कुशल चमत्कार श्रव्यदृश्यमा आँखै अघिल्तिर प्रदर्शित गरेका जोर्ज माइकलले रेकर्डिङ्ग स्टुडियोमा विभिन्न वाद्ययन्त्र र सङ्गीतका उपकरणसँग औँलाको प्रेमनृत्यले ‘लास्ट क्रिसमस’लाई परिष्कृत रूपमा पुनर्जागृत गरे !
सन् १९८४ कै आसपासको गर्मीमा रिजली र जोर्ज, माइकलकै बुवा आमा भेट्न बसमा जाँदा जाँदै माइकलले उनका मस्तिष्कमा प्रेरणाको मिलिक्कको चिङ्गारी झैँ दर्शन भएको भविष्यमा हुनेवाला चमत्कारको सङ्केतलाई गोजीबाट कलम र कागजको एक चिर्कटो निकाली हठात् टिपेका थिए; ती ‘लास्ट क्रिसमस’का केही सुरुवाती पङ्क्ति थिए ! पछि फेरि जिग्री उनै रिजलीसँगै जाडामा बाआमा भेट्न जाँदा त उनले गजबै गर्दिए !!!
अतः मानिस भन्छन्; “लोकलाई प्रेमित अर्पणको चालिस वर्ष पछि पनि दिनानुदिन अझै धेरै सुन्दै र प्रशंसित गर्दै गईएको यस गीत एकछिन सुन्नासाथ त्यस्ता विलक्षण जोर्ज माइकलले कति छिटो – पुगनपुग एक घण्टाको आसपासमा कति गहिराईबाट यो मोती झिकेर हामीमाझ ल्याउन सफल रहे भन्ने हामीलाई पनि अनुमान लाउन गाह्रो नपर्ला !”
कम जानिएको कुरा भनेर भनिन्छ; ‘लास्ट क्रिसमस’ सुरुमा ‘लास्ट ईस्टर’ भनी शीर्षीकरण गरिएको थियो रे ! पछि उनका ‘रेकर्ड लेबल’ले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गरी नोभेम्बर ३०, सन् १९८४ मा यो रचना प्रकाशन गर्ने निर्णय गर्यो । त्यहि भएर ‘लास्ट ईस्टर’ ‘लास्ट क्रिसमस’ हुन पुग्यो ।
क्रिसमसको सर्वोत्कृष्ट गीत लेख्छु भनी ‘उद्येश्य के लिनु उडी छुनु चन्द्र एक’ झैँ भएका साङ्गीतिक साधक जोर्ज माइकलको प्रेमी मनको सत्सङ्कल्पलाई नियतिको ‘तथास्तु’ प्राप्त भो !!! बाँकी त ‘रेस्ट इज हिस्ट्री’का रूपमा हाम्रै अघिल्तिर छताछुल्ल बयाँ छ ।
सकेसम्म उत्कृष्ट रचना तयार होस् भनी जोर्जले रेकर्डिङ्ग स्टुडियोलाई पनि क्रिसमस कै साजसज्जामा सजाउन लगाएका थिए ! हाय ! कतिसम्म सम्झौताहीन समर्पण !!!
महिना फेब्रुअरी, साल सन् ’८४ मा क्रिसमस चाड अत्यधिक मन पराउने स्व. जोर्ज माइकलले यो क्रिसमस कालीन प्रेमवियोगी गीत लेख्न पुगेका हुन् !
मानिस भन्छन्; “हामी मध्ये धेरैलाई लाग्ला उनी मधुर आवाज भएका एक ‘टेलिजेनिक’ गायकी अनुहार मात्र थिए तर हैन !” गीतसङ्गीतलाई आफ्ना मुटु तुल्य सन्तान झैँ सम्झने “योग”ले गीतलाई जन्म दिँदा तत्कालीन समयमा उमेरले केवल एक्काइसका यिनी एक्लैले यस कालजयी गीतको लेखन, गायन, रेकर्डिङ्ग, प्रोडक्सन, र प्रस्तुति सहित गीतका सबै हिस्सा प्रस्तुत गरेका थिए !” यसरी ‘ह्व्याम!’का अर्का आधा हिस्सा रिजलीको यसमा संलग्नता थिएन भनिन्छ । रेकर्डिङ्ग त्यसै साल सन् ’८४ को अगस्तमा जोर्जले गरेका थिए ।
लीरिसिस्ट र ‘अरेन्जर(पड्डिङ्ग मिक्स Pudding Mix)’ जोर्ज माइकल आफैँले भोकल्स, बेस गीटार, ‘रोल्यान्ड जुनो-६० सीन्थेसाइजर(Roland Juno-60 synthesiser), ‘लिन् ड्रम प्रोग्राम्मिङ्ग(LinnDrum programming), र ‘स्ले बेल्स(sleigh bells)’को सहारामा यस गीतको प्राथमिक तहमा ‘कम्पोज’ गरेका थिए भनिन्छ ।
“विभिन्न वाद्यवादन सम्बन्धी एकदमै थोरै वा न को बराबर शिक्षा पाएका माइकलले बडा लगन र अति कठिन परिश्रमले ‘ट्र्याक’का अति नै सूक्ष्म विवरणहरूमा ध्यान दिँदै प्रत्येक वाद्ययन्त्र आफैँ बजाएर तयार गरेका हुन् यस गीत”, उनका साङ्गीतिक भक्ति प्रति नतमस्तक हुँदै “योग”का ईन्जिनीयर क्रिस पोर्टर सम्झन्छन् ।
क्रिस भन्छन्; “जोर्ज सङ्गीतकार थिएनन्, वाद्ययन्त्रमा उनको ट्रेनिङ्ग शून्य नै थियो । तर पनि उनले सबै आफैँ नै गर्ने हठ गरेका थिए । यो अत्ति नै पिडदायी प्रक्रिया थियो किनभने उनले कीबोर्ड नै सकीनसकी केवल २-३ औँलाले बजाईरहेका थिए ।” यही कुरा माइकलको सुत्नेकोठामा पहिलो प्रत्यक्षदर्शी बाल्यकालीन जिग्री रिजली पनि सम्झन्छन्; “केवल २-३ औँलाले बडा अप्ठेरो गरी उनले कीबोर्ड बजाएको !!!”
गीतको प्रकाशनः
यो ट्र्याक अन्तर्राष्ट्रीय स्तरमा ‘सीबीएस रेकर्ड्स’ मार्फत ३ डीसेम्बर सन् १९८४ मा लोकार्पण गरिएको हो । ‘कोलम्बिया’ – ‘एपिक रेकर्ड्स’ मार्फत ‘डबल ए-साइड’का रूपमा ‘एभ्रीथिङ्ग शी वान्ट्स(Everything She wants)’सँग बहुसङ्ख्यक योरोपेली देशहरूमा मानव मनलाई अर्पण गरिएको थियो । तर, विभिन्न केही देशहरूमा भने अर्पणका माध्यम र प्रकाशनका केही मितिहरू थोरै हेरफेर पनि गरिएका थिए ।
उस समयको प्रविधि प्रयोग गरिएको यो गीतको म्युजिक भीडियो बेलायतका विभिन्न अत्याधुनिक प्राविधिक प्रयोगशालामा आधुनिकीकरण गरी सन् २०१९, तेह्र डीसेम्बरका दिन ‘4K Ultra HD resolution’ मा ‘re-release’ गरियो ।
संसारभरका विभिन्न देशका विभिन्न ‘चार्ट्स’मा यो गीतः
‘लास्ट क्रिसमस…’ सुरुवाती चरणमा ‘यूके सिङ्गल्स चार्ट’को दोस्रो स्थानमा पाँच निरवच्छिन्न हप्ताहरू नहल्लिकनै अनवरत रही नै रह्यो । यस गीतलाई क्रिसमस कालीन चार्टमा पहिलो नम्बरमा भने ‘डु दे नो इट्स क्रिसमस(“Do They Know It’s Christmas”)’ भन्ने ‘च्यारिटी सिङ्गल’ले मात दिएको थियो !
तर संयोग पनि कस्तो ?! यस ‘ट्र्याक’मा माइकल कै पनि प्रस्तुति थियो ! बेलायती यस ‘चार्ट’को दोस्रो स्थानमा त्यति लामो समय रहेर भएको र अन्यत्रको त्यसबखतको आफ्ना सबै आर्जनलाई ‘ह्व्याम!’ले सिङ्गो मानव जाती कै लागि कहालीलाग्दो भोगाई -‘ईथियोपियन फ्यामिन(ईथियोपीयन भोकमरी)’को महासङ्कट निर्मूल हेतु दान गरे ।
“यो उतिखेरै एक नम्बरमा स्थित भैसक्थ्यो । उनको नाजुक धार्मिक हृदयले बुझेको निष्काम कर्मको तत्त्वबोधले त्यो शिखर तरफको यात्रा वास्ता नगरी ती सबलाई उनले छाडी मात्र दिएनन्, बरु यसबाट आर्जनको सब पैसा बडा दिलदार उनको मुटुले सिङ्गो मानवताको लागि हृदयविदारक धब्बा बन्न पुगेको त्यो ‘ईथियोपियन फ्यामिन(Ethiopian famine)’को महासङ्कट निराकरणको प्रयास खातिर हामीलाई जिम्मा लगाए !”, सम्झिएर रिजली भावविह्वल हुन्छन् ।
सफलताको त्यो शिखरमा पुग्दा पनि जोर्जले भनेका थिए; “त्यति धेरै चर्चित पप कलाकारहरू माझ हुँदा साह्रै लज्जित महसुस गर्छु । यो लज्जाले हुने केही असहजताबाट अलिक शान्त हुने प्रयास गर्छु । यो क्याची छ, क्रिसमस्सी छ र हाम्रो अर्को रचनालाई चुनौतीवाला छ ।”
त्यस सालले ‘ह्व्याम!’ले तीन नम्बर एक ‘यूके सिङ्गल्स’, र एउटा नम्बर एक एल्बम(‘मेक इट बिग’ Make It Big) दिएको देख्यो जसमा माइकलको एकल ‘हिट’ ‘केयरलेस ह्विस्पर(Careless Whisper)’ र अमेरिकामा ठुलो सफलता – तर मानिस सम्झन्छन्; “क्रिसमस ‘ट्री’मा एक तारा अझै थप्न बाँकी नै थियो” !
“हामीले यी सम्पूर्ण उडानलाई एक क्रिसमस नम्बर वान दिएर सुन्दर अवतरण दिन चाहन्थ्यौँ”, रिजली जोर्जसँगको ‘ह्व्याम!’को आफ्ना चम्किला विगत सम्झन्छन् । “सौभाग्यवस् ! हाम्रो ‘ब्यान्ड’सँग आफ्नो पुस्ताका सर्वोत्कृष्ट गायक-गीतकार मध्येका एक थिए ! जुन कुराले हामीलाई सहयोग गर्यो । उसबखत केवल एक्काईसका माइकल ! उनीसँग त्यो घटित गराउन प्रतिभा जबरदस्त जब्बर थियो ।”
‘लास्ट क्रिसमस…’ पुनः पुनः चार्टमा प्रवेश गरी नै रह्यो त्यस पछिका पछिल्ला सालहरूमा तर क्रिसमसको पर्याय नै बनाउन पुगेकी नियतिबाट नै यस गीतलाई फेरि पनि यस कालजयी रचनालाई नै हाय ! कस्तो विस्मात् ! एक नम्बरमा पुगेन कुनै पनि ती सालहरूमा ! नियतिले नै किन रोकिन् ?!
फर्किएर बेलायतमा आउँदा सन् २०१२ मा ‘आइटिभी टेलिभिजन स्पेसल(ITV Television special)’मा ‘दी नेसन्’स फेभरेट क्रिसमस सङ्ग(“The Nation’s Favorite Christmas Song”) ’ भनेर आठौँ नम्बरमा निर्वाचित हुन पुग्यो । र, ‘च्यानल फाइभ(“Channel Five”)’को ‘क्रिसमस २०२० काउन्टडाउन बेलायतका सर्वप्रिय सन् अस्सीको दशकका गानाहरू’ मा सन् अस्सीको दशकको सर्वाधिक चर्चित गीत भएर निर्विवाद निर्वाचित हुन पुग्यो !
बीस लाख प्रति भन्दा बढी विक्रि गर्दै छत्तिस वर्षसम्म यो रचना जोर्जको देश बेलायतमा “बेस्ट-सेलिङ्ग यूके सिङ्गल एभर” भएर रहिरह्यो ! तर, विस्मात् ! फेरि पनि ! एक नम्बरमा पुग्न सकेन ! यही एक नम्बर कै दिव्यदर्शनका खातिर आजीवन तड्पिँदै कुरेका जोर्ज माइकल यही दिव्य नजाराको प्रियदर्शन हुन बञ्चित रहँदै उत्कट उनी जो क्रिसमस कै पर्याय झैँ यस सङ्गीतका रचयिता थिए, उनै जोर्ज सन् २०१६ मा क्रिसमस कै दिन मानवचोलालाई विश्राम दिँदै क्राइष्टसँगको दिव्यमहामिलन खातिर महाप्रस्थान भए! बल्लतल्ल सम्हालिएका रिजली पनि भावविह्वल हुँदै सम्झन्छन्; “सन् ’८१ मा जन लेननको गोली हानी हत्या गरिएको कहालीलाग्दो समाचारमा कहालिनुभएकी मेरी आमा झैँ ‘ह्व्याम!’ र ‘लास्ट क्रिसमस’ को ‘भक्त’ झैँ भएकी मेरी बहिनी जोर्जको महाप्रस्थान सुनी अचेत झैँ हुन पुगेकी थिईन्” ।
कानमा आईपुगेको यो हृदयविदारक खबर अझै अगाडि उनका प्रेमीस्रोतामाझ हृदयमा तातो सुइरो झैँ रोप्पिन पुग्यो !!! हृदयरोग कै कारण बताईन्छ, गायक स्वयम् नै स्वर्गे भै गए !!! हाय ! नियतीको यो कस्तो खेल !!! उनी प्रति भावपूर्ण श्रद्धाञ्जली ! उनी केवल ५३ का त थिए ! अब उनका अद्वितीय नयाँ कालजयी ‘लास्ट क्रिसमस…’ आउने छैनन् ! एक फ्यानले सन् २००६ को वेम्बलीको स्व. जोर्जको लाइभ कन्सर्टको भीडियोको कमेन्ट सेक्सनमा लेखेका थिए; “अब हामी उनलाई फेरि यसै गरी प्रत्यक्ष कहिल्यै पनि उनलाई सुन्न र देख्न पाउने छैनौँ !!!” नियतिको खेल सामु निरीह नै मानव जातिलाई यो अमिलो सत्यको स्विकारोक्तिमा सहनुको जटिल प्रयास सिवाय के नै होला र ?!
माइकलको रिक्तताको पिडा बरदास्त गर्न नसकेका फ्यान्स नै अब जुर्मुराउन लागे ! उनीहरूले ‘लास्ट क्रिसमस…’लाई क्रिसमसको एक नम्बरको गीत बनाउन अभियान नै छेडे ! त्यसको लगत्तै सन् २०१७ मा यो नम्बर दुईमा पुग्यो आफ्नो पूर्व सर्वोच्च शिखरलाई पुनः बराबरी गर्दै ! तर हाय ! अझै पुगेन !
पहिलोचोटि पनि माइकलले रिजलीलाई सुनाउँदा रिजलीले आँखा चिम्लेर पुरा विश्वासमा मान्दै माइकललाई भनेका थिए; “यो एक नकआउट हुनेछ” । तर सुरुमा एक नम्बरमा नपुग्दा दुवै खिन्न भएका थिए ।
सन् २०२१, नव वर्ष ! सन् २०२१ ! र, पुग्यो ! सन् २०२१ को पहिलो हप्ता ! कहिल्यै हुँदैन जस्तो लागेको थियो तर भयो ! अनि गीत एक नम्बर मै पुग्यो !!!
यस गीतको मिठास, यसका रचयिताका आफ्नो रचना उपरको अपार प्रेम अनि यस गीत उपर ‘फ्यान्स’का अत्यधिक प्रेमको अघिल्तिर नियतिले पनि आफ्नो कडा अडान अन्ततः बिसाईन् नै; र प्रेमले जित्यो ! मान्छे भन्छन्; “यो स्पष्ट हुन पुग्यो कि खरै संयमता नै राख्दै यो गीत समयको चट्टानी जाँचमा खरै उत्र्यो !” “मिसन पुरा हुन पुग्यो”, रिजली भन्छन् । “ ‘फ्यान्स’लाई पनि साँचो मानेमा खुसी र गर्व मिल्यो” ।
यो कालजयी रचना अन्ततः उसकै जस्तो कालातीत रचनालाई झैँ तम्तयार शिल्पिक सिंहासनमा – एक नम्बरमा ! उसको आफ्नो सही स्थानमा झैँ ! एक नम्बरको लागि अनवरत यात्रामा आएर अन्त्यमा गन्तव्यमा ! मानिसहरू धन्यवाद प्रकत गर्छन्; “सन् २०२० को क्रिसमसको दिनमा यस गीतको अत्यधिक चापवाला प्रसारण र ‘डाउनलोड्स’लाई !” ‘ह्व्याम!’ भयो ! मराइया क्यारी(Mariah Carey) र ल्याडबेबी(LadBaby)लाई टप्दै ‘ह्व्याम!’, ३६-३७ वर्षको थकान रहितको अनवरत पर्खाई अविच्छिन्न प्रेमको !!! ‘ह्व्याम!’
र, यो कमाल सन् २०२२ मा पुनः दोहोरियो : एक नम्बरवाला कमाल !
र, र अबसम्म त क्रिसमसको ‘लभ एन्थम’ झैँ भैसकेको यस गाना अझै अगाडि गएर ‘क्रिसमस नम्बर वान’ नै हुन पुग्यो सन् २०२३ मा ! त्यो पनि ‘रीलीज’को ३९ वर्ष पछि !!! ओहोहोहो !!! हाय !!! के यो परीक्षा थियो ? प्रेमपरीक्षा ? कति लामो परीक्षा ? प्रेमले पनि कहिलेकाहीँ कति लामो परीक्षा लिन्छ है ?!
आफ्नो प्रेमरचना एक नम्बरमा देख्नलाई त्यति लामो तड्पिएका जोर्ज माइकल खुद नै आफ्ना मानवचोलामा थिएनन् आज !!! सायद क्राइष्टसँगको एकाकार अवस्थाबाट यो हेर्दै उनी मुस्का होलान् ! कतिले क्रिसमस कै दिन जोर्जको देहावसानलाई ‘निर्दयी विडम्बना’ पनि भन्छन् तर यो पिडालाई क्राइष्टसँगको महामिलनका लागि महाप्रस्थान भनी बुझ्दा अत्युक्ति नहोला कि ?
जोर्जको महाप्रस्थानको साल यो गीतले बडा पिडा दिएको रिजली सम्झन्छन् तर क्राइष्टसँगको दिव्यमहामिलनमा उनी एक भए र उनको साथ रूपी सुन्दरतम रचना हामी आफू साथैमा रहेको सत्यको बोधमा चित्त बुझाउँदै बाल्यकाल देखिका आफ्ना जिग्रीको ‘नोस्टाल्जिक’ स्मृतिसहित गीतको मिठासमा भावुक प्रवाहित हुन्छन् । उनका बच्पनका जिग्री “योग”को क्राइष्टसँगको योगमा उनी चित्त बुझाउँछन् !
सन् २०२३ मा सायद आफ्नै लागि भएको जस्तो पहिलो नम्बरमा आफ्ना अतिप्रिय साथीको यस अद्वितीय रचना देखेर अत्यधिक हर्षित रिजली भन्छन्; “धेरै लामो समय सम्म यही एउटा रचना थियो जो छुटेको थियो, तर विमोचनको बखत भन्दा बढी अहिले आएर क्रिसमसको यो ठुलो हिस्सा भएको छ ।”
आफ्नो ‘मेमोइर’ ‘ह्व्याम! जोर्ज माइकल र म’मा माइकललाई आफ्ना ‘बेस्ट फ्रेन्ड’ भनी आधिकारिक रूपमा सम्मान गरेका छन् रिजलीले र भन्छन्; “कहिलेकाहीँ लगभग चालिसै वर्ष लाग्ने रहेछ आफ्नो सपनाहरू मध्येको एकको उत्सव मनाउन पनि!”
“धेरै मान्छेले यत्तिको चिरस्थायी, गुञ्जायमान र उद्बोधक क्रिसमस सङ्गीत लेखेका छैनन् । केही छन् । बहुसङ्ख्यक मणिमाणिक्यले अलङ्कृत एक भव्य मुकुटको केन्द्रमा अवस्थित यो रत्न हो, तर यो अझै ती ठुला रत्नहरू भन्दा पनि ठुलो मणि हो, रत्न हो ।”, रिजली कृतज्ञ हुन्छन् ।
यस गीत प्रकाशन कै साल उसबखतका युवा पप सिताराहरूले “यो रचना सर्वकालिक सबैभन्दा प्रिय क्रिसमस गीत हुनेछ” भनी ठोकुवा नै गरेका थिए रे !
र, आखिरमा आएर सन् २०२४ मा आईपुग्दा त यो गीत पहिलो गीत भैदियो लगातार वर्षहरूमा ‘क्रिसमस नम्बर वान’ भएर !!! ओह्हो !!! आज उनी पक्कै खुसी छन् !!!
‘लास्ट क्रिसमस…’ले अब सम्म त अस्ट्रिया, डेनमार्क, फिनल्यान्ड, स्पेन, जर्मनी, ग्रीस, हङ्गेरी, आइसल्यान्ड, स्विट्सर्ल्यान्ड, आयरल्यान्ड, इटली, लक्जमबर्ग, दी नेदरल्यान्ड्स, पोल्यान्ड, न्यू जील्यान्ड, स्लोभाकिया, स्लोभेनिया र स्वीडेनमा टप हानिसकेको थियो !!! अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, नर्वे र अमेरिकामा उच्च पाँचमा रह्यो । अझ जर्मनीमा त झन् ‘जर्मन सिङ्गल्स चार्टमा’ १५३ हप्ता रहँदै अनि सन् ’९७ देखि प्रत्येक वर्ष ‘चार्ट्स’मा चम्कँदै यो गाना यस देशको सर्वकालिक सबैभन्दा सफल ‘क्रिसमस सिङ्गल’को ताजमा सजिएको छ ।
अस्ट्रियामा त अझ झन् एक डि.जे.ले त यो गीतमा अति ‘क्रेजी’ भएर एउटा काण्ड नै मच्चाएका रहेछन् ! जो कोह्ल्होफर नामक यी डि.जे.ले ले के गरेछन् भने नि सन् २०१५ को डीसेम्बर अठारका दिन बिहान आठ बजे आफ्नो ‘शो’को दौरान ताका ‘कसैमा पनि क्रिसमसको जुनून देखिएन!’ भन्दै आफ्ना ‘को-होस्ट’ र ‘प्रड्युसरहरू’लाई स्टुडियो बाहिरै अलपत्र राखेर आफूले भित्रबाट काठको एक कुर्सीले बेस्कन ढोका ठोकी दुईघण्टा सम्म लगातार-बारबार ‘लूप’मा हाली यही गीत बजाको बजाकै गरेछन् !!! पछि उनकी चार वर्षीया छोरीलाई फोनमा राखिएछ; “बुवा ! मलाई यो गीत मन परेन !” भनेर ती सानी बच्चीले भनेपछि बा चैँ ले बल्ल गीत रोकेछन् र ढोका खोलेछन् !!!
साप्ताहिक, मासिक, वर्षान्त र सर्वकालिक गरेर समयको नदीका विभिन्न खण्डमा संसार भरका विभिन्न देशका ‘चार्ट्स्’मा यस गीतको विभिन्न स्थानमा अवस्थितिको फेहरिस्त – तिनका कीर्तिमान र अझै अगाडि तिनीबाट प्रभावित भई बनेका सामग्रीका कीर्तिमानी लगभग बहुतै नै लम्बा छ ।
सङ्गीत र सङ्गीत सम्बन्धी संसारभरका आधिकारिक निकायहरूबाट यस गीतको प्रसारण र विक्री सङ्ख्याको साङ्ख्यिक हिसाबकिताबी अङ्कगणित सहितको प्रामाणिकताको बहुत चौडा फेहरिस्त पनि उस्तै !
अतः सुरुवात देखि आज सम्म यी सालहरूका दौरानमा यस गीतले ‘चार्ट्स’मा साह्रै राम्रो प्रदर्शन गर्न पुग्यो; अट्ठाईस भन्दा बढी देशमा विभिन्न ‘चार्ट्स’का राम्रा स्थानहरूमा स्थिति मात्र नभएर धेरै देशमा पहिलो स्थान मै अवस्थितिको सुन्दर अनुभूति गीतले बटुल्यो ! माइकलको देश बेलायतमा सर्वाधिक सफल हुन पुगेको यस गीत सन् ’८४ देखि सन् ’८६ सम्म हरेक विदाका याममा विभिन्न उच्च स्थान लिई नै रह्यो ।
मान्छे भन्छन्; “त्यति मात्र नभएर सायद अनलाईनमा सार्वत्रिक रूपले पनि उपलब्ध भएर होला सन् २००७ देखि आज सम्म पनि विदाका या पिरतीका विशेष मौसममा विभिन्न ‘चार्ट्स’मा विभिन्न स्थानमा यस गीत आफ्नो चमकमा चम्किरहेकै हो” । फर्किएर बेलायतमा सन् २००७ देखि हेर्दा सन् ’२० र सन् ’२२ मा पुनः पहिलो स्थानमा चम्कन सफल रह्यो । यी सब सँगसँगै सन् ’१६ देखि त अझ विदाका स्वर्णिम प्रहरहरूमा उत्कृष्ट १० मा नपुगेको त सवालै छैन !
‘लास्ट क्रिसमस…’लाई विभिन्न ठूलाठूला उपाधि र सम्मानः
यस गीत ‘चार्ट्स’मा मात्र सफल रहेन बरु असाधारण उपलब्धिहरू हाँसिल गर्न सफल साङ्गीतिक रचनाहरूलाई ‘गोल्ड’, ‘प्लाटिनम’, ‘मल्टाई-प्लाटिनम’, ‘डाइमन्ड’ जस्ता उपाधिले सम्मान गर्ने ‘रेकर्डिङ्ग इन्डस्ट्री असोसिएसन अफ अमेरिका(RIAA)’ सरह प्रतिष्ठा भएका संसारभरका विभिन्न चौध देशका सङ्गीत सम्बन्धी सर्जक र तिनका अतुलनीय सृजनालाई पहिचान गरी उचित उपमाले मूल्याङ्कन गर्ने अन्य प्रतिष्ठित आधिकारिक संस्थाहरूबाट जबरदस्त तेत्तिस ‘प्लाटिनम’ र धेरै ‘गोल्ड’ उपाधि आर्जित गर्न सफल रह्यो ।
सन् १९८४ मा प्रकाशन पछि धर्मको कुनै एक पन्थ झैँ यो गीत सङ्गीतका रसिक हृदय माझ वरेण्य एक पन्थीय विभूति तुल्य सजिन पुग्यो । ती क्रिसमस मनाउने माझका समूहले त अझ “विदाकालीन सर्वाधिक प्रिय सङ्गीत मध्येको एक”को उपमाले उपमित पनि गरेका छन् ।
सर्वत्रका संयुक्त विक्री र प्रसारणका योगफलको लेखाजोखामा यो मनै भावुक तुल्याउने सङ्गीत तेस्रो सर्वाधिक विक्रि भएको ‘यूके सिङ्गल’ हुन पुग्दै ५.३४ मिलियनको सङ्ख्याको विक्रयको हिसाबकिताब रचयिताको नाममा लान सफल रह्यो !
वर्तमानमा गीतले तीन लाख डलरको अनुमानित आर्जन प्रत्येक साल गरिरहेको भनिन्छ, जुन विभिन्न परोपकारी कर्महरूमा अर्पण हुने गर्दछन् ।
यी र यस्ता अनेक कालजयी साङ्गीतिक रचना लोकलाई उपहार दिएर फर्किएका स्व. जोर्ज माइकललाई सन् ’२३ मा ‘रक एन्ड रोल हल अफ फेम’मा प्रतिष्ठित गरियो ।
सन् २००६ को “योग”को वेम्ब्ली अरीनाको प्रस्तुतिलाई प्रमुखता दिएर ‘ह्व्याम!’को विदाकालीन यस ‘हिट’को चालिसौँ वर्षगाँठ मनाउन ‘Last Christmas 40th Anniversary EP’ पनि प्रकाशन गरियो ।
‘लास्ट क्रिसमस’को विश्वव्यापी प्रकाशक ‘वार्नर च्याप्पेल म्यूजिक (डब्ल्यु सि एम)’(Warner Chappel Music WCM) नामक कम्पनी हो जसले माइकलका एकल ‘क्यारियर’ र सुरुवाती विगतको उनका बच्पनका जिग्री एन्ड्रू रिजली सहितका ‘ह्व्याम!’कालीन प्रतिनिधित्व गर्छ । ‘डब्ल्यु सि एम’ र माइकलको साङ्गीतिक विरासतको साझेदारी सन् अस्सीको दशकको सुरुवात मै सुरु भएको हो जुन पछि गएर सन् ’२१ मा नवीकरण गरियो ।
‘लास्ट क्रिसमस’को ‘कभर’:
‘लास्ट क्रिसमस…’गीतलाई अत्यधिक चर्चित ‘ब्याक्स्ट्रीट बोइज(Backstreet Boys)’, त्यस्तै चर्चित कोल्डप्ले(Coldplay), एभ्रिल लभिन(Avril Lavigne), काईली मिनग(Kylie Minogue), विशेष गरी ‘पप गर्ल्स’ मध्येकी टेलर स्विफ्ट(Taylor Swift), आरिआना ग्रान्डे(Ariana Grande), किम वाइल्ड(Kim Wilde), ज्यास्मिन थम्पसन(Jasmin Thompson), बेथ(Beth), ओली मर्स(Olly Murs), अम्यान्डा ल(Amanda Law), ‘पोस्टमोडर्न ज्युकबक्स’(‘PostmodernJukebox’), लीओ मोर्याकीओली(Leo Morachioli), अल्काजा(Alcazar), ग्वेन स्टेफानी(Gwen Stefanie), आशली टिसडेल(Ashley Tisdale), ‘इटालियन डान्स एक्ट’ – ह्विगफिल्ड(Italian dance act – Whigfield), ‘क्रेजी फ्रग(Crazy Frog)’, जो म्याक्एल्डर्री(Joe McElderry), ‘क्यास्काडा(Cascada)’, रेमी ऊल्फ(Remi Wolf), ‘ग्ली का कास्ट(Glee cast)’, कार्ली रे जेप्सन(Carlie Rae Jepsen), जिम्मी ईट वर्ल्ड(Jimmy Eat World), हिलारी डफ(Hilary Duff), जेम्स टीडब्ल्यू(James TW), लरेन स्पेन्सर-स्मिथ(Lauren Spencer-Smith), ‘वान(One)’, ‘अन्ली वे इज एस्सेक्स(The Only Way Is Essex)का कास्ट(cast)’, एल्यानिस मोरिस्सेट्(Alanis Morissette), सब्रिना कार्पेन्टर (Sabrina Carpenter), गूड शार्लट(Good Charlotte), ‘दी फिल्ली स्पेसल्स(The Philly Specials)’, एलो ब्लाक(Aloe Blacc) र बिल्ली पाइपर(Billie Piper) जस्ता पुराना र नयाँ गरी पाँच सय भन्दा ज्यादा दर्जन भन्दा बढी विभिन्न साङ्गीतिक विधाका संसारभरका थुप्रै चर्चित चेहराले संसारभरका विभिन्न भाषामा यो गीतको भव्यतालाई श्रद्धा प्रकट हेतु ‘कभर’ नगरी रहन सकेनन् !
यस गीतका थुप्रै अन्य कलाकारले थुप्रै ‘रीमिक्स’ संस्करण पनि ‘कभर’ नगरी बस्न सकेनन् ! यी सबै ‘कभर’ पनि फेरि विभिन्न देशका विभिन्न ‘चार्ट्स्’का विभिन्न स्थान लिन सफल हुन्छन् । अनि यी सबै विभिन्न कलाकारबाट ‘लाइभ पर्फर्मेन्स’ र तिनको किर्तीमानका हिसाबकिताबको लेखाजोखा झन् गर्दा ता झनै पत्तै लाग्दैन !
‘लास्ट क्रिसमस’ बारे वृत्तचित्रः
‘बीबीसी’/‘बीबीसी टु(BBC Two)’, ‘बीबीसी आइप्लेयर(BBC iPlayer)’, ‘नेटफ्लिक्स’ जस्ता विभिन्न ठुला अन्तर्राष्ट्रिय मञ्चमा सुरुवात देखि गीतले चर्चा बटुल्न थाले बाटै ‘ह्व्याम!’ सम्बन्धी र अन्य साङ्गीतिक हस्तिद्वारा मुक्तकण्ठले प्रशंसित हुँदै विभिन्न समयका अवसर जस्तै – त्यताको चाडपर्व, गीतको चालिसौँ वार्षिकोत्सव, आदि यस्तैयस्तै अवसर पारेर विभिन्न लम्बाईका वृत्तचित्रहरू ‘लास्ट क्रिसमस…’को अन्तर्कथा बारेमा निर्माण प्रसारण भए, हुँदैछन् र आगामी दिनमा नि हुँदा हुन् ।
यी वृत्तचित्रहरूले यस कालजयी गीतको घटन र ‘ओरिजिनल म्युजिक भीडियो’ कुँदिदा घटित त्यस ‘स्कि रीसोर्ट’मा भएका रमाईला किस्सा र यो म्युजिक भिडियोको अर्थ बारे उजागर गरेका छन्।
अनि यी वृतचित्रहरूमा गीतको म्युजिक भीडियोमा प्रस्तुत भएका रिजली, शर्ली, पेप्सी, र अन्य निकटस्थ साथीसङ्गीलाई मुख्य विषयका रूपमा प्रस्तुत गर्दै दृश्याङ्कन स्थान- स्विट्सर्ल्यान्डको त्यस ‘सास-फी स्कि रीसोर्ट’ पुनः पुनः भ्रमण गरेका छन् ।
यी कतिपय वृत्तचित्र नै थुप्रो विक्री भए, कति धेरै चर्चित रहे…
‘लास्ट क्रिसमस’ मा चलचित्र(फिल्म):
यो गीत ‘मूभी’ बन्यो !
सन् २०१७ मा एक घोषणा भयो; “एक फिल्म बन्दैछ, ‘लास्ट क्रिसमस’गीतबाट प्रेरित ! एम्मा थम्पसन अपेक्षित छिन् यस चलचित्रमा जुन ‘क्लासिक फेस्टिभ ट्युन’मा आधारित छ ।”
अनि त्यस घोषणा पश्चात सन् २०१९ मा आएको चलचित्र ‘लास्ट क्रिसमस’ले जोर्ज माइकलको यो गीत र यसको सङ्गीतलाई प्रमुखतामा राखेर परोसेको छ ।
थम्पसनका सह-लेखक ब्रायोनी किम्मिङ्सले स्व. माइकलले केही पहिले नै यस गीतमा आधारित चलचित्र बनाउने यस कार्यको विचारमा सहकार्य गरेका थिए भनि सबैभन्दा पहिले प्रकट गरे !
युनिभर्सलको यस ‘फेस्टिभ’ चलचित्रमा ‘गेम अफ थ्रोन्स’की एमिलिया क्लार्क ‘क्रेजी रिच एसियन्स’का हेनरि गोल्डिङ्सँग प्रधान अभिनयमा छिन् । ‘ह्व्याम!’को नामधारी यस गीतकै नामक यस चलचित्रले स्व. जोर्जको यस सङ्गीत प्रस्तुत गरेको छ । यी महान् कलाकार स्व. जोर्ज माइकलको पूर्व अप्रकाशित सामग्री पनि यस चलचित्रले लोकका ‘फ्यान्स’ माझ प्रकाशमा ल्याएको छ !
‘लास्ट क्रिसमस’ चलचित्रको ‘साउन्ड ट्र्याक’ले पनि विभिन्न ‘चार्ट्स’मा विभिन्न राम्रा स्थान लिन सफल रह्यो ।
‘लास्ट क्रिसमस’को विरासत उपर जोर्जले एक दिन खुद भनेका थिए; ‘लास्ट क्रिसमस यति चीरस्थायी गीत होला भन्ने मलाई नै हेक्का थिएन!”
रिजली अझै पनि चकित हुँदै सोचमा घोत्लिन्छन्; “योगले कसरी तयार गरे होलान् यस्तो अजबगजबको रचना ?!”
अतः “आज सम्म लगातार यस गीतको सर्वव्यापी आकर्षणले आउनेवाला पुस्ताले पनि यसलाई प्रेमपूर्वक सम्हाल्नेछन् भनी ढुक्क बनाएको बुझ्न सकिन्छ”, भनी मानिसहरू भन्ने गर्छन् ।
‘लास्ट क्रिसमस…’लाई ‘प्लेजरिज्म(plagiarism)’-साङ्गीतिक चोरीको आक्षेपः
‘यस्टर्डे वान्स मोर(Yesterday once More)’ जस्ता कालजयी गीत जगलाई उपहार दिएका ‘दी कार्पेन्टर्स(The Carpenters)’ र ब्यारी म्यानिलो(Barry Manillow)ले चर्चित बनाएका एक प्रेमगीत ‘कान्ट स्माइल विथाउट यू(Can’t Smile Without You)’ को गीतकारका तर्फबाट सङ्गीत-धुन चोरीको आरोप पनि नलागेको होइन “योग” र उनको ‘लास्ट क्रिसमस…’ लाई तर पछि एक सङ्गीतशास्त्रीले उही कोर्ड(chord) क्रम र धुन भएका साठी भन्दा धेरै गीत प्रस्तुत गरेपछि सङ्गीत चोरीको आरोप निराधार सावित हुन पुगेको थियो !
मञ्चन :
उर्जाशाली तालवाला सङ्गीत…नेपथ्यमा एक प्रेमवियोगी चित्कार : …
अनि यिनी सुरु हुन्छन्…
“Last Christmas
I gave you my heart
But the very next day
you gave it away…
पछिल्लो क्रिसमसमा…
हो पछिल्लो क्रिसमसमा एक दुर्लभ घटन जो घटित भएको थियो; एक सजीवसँग हुने अमूल्य रत्न त्यै भा’को एउटा मुटु न हो, हो त्यही एक मुटु जो सजीवताको प्रमाणपत्र हो, मैले त्यहि मुटु प्रेमोपहाररूप प्रेमपत्रमा हाली पठाएँ ! हो, तिमीलाई त्यही आफ्नो हृदय नै मैले दिई पठाउन पुगेँ ! पछिल्लो क्रिसमसमा…
यहाँ यिनले “you gave it away”
भनी गाउँदा न्यास्रिएर शिथिल मनले एक भीमकाय नदीको किनारको डिलमा बसेका प्रेमी आँखै अघिल्तिर अजङको बाढीले आफ्नो सर्वस्व रूप बगाउँदै लगेको आफ्नो मुटु टुलुटुलु हेरिरहे झैँ भाव दिएका छन्…
“This year
To save me from tears
I’ll give it to Someone Special…
जिन्दगीमा आफ्नो प्रेमको अर्घ्य अर्पित हुन पुग्ने त्यो पात्र बारे ध्यान पनि दिनु पर्छ होला पक्कै पनि किनभने त्यही पात्र चिन्नमा यहाँ यिनको सानो भूलले या ठूलो ?! त्यही भूलले यी आहत हुन पुगेका छन् आज । र, पहिलो दुई पङ्क्तिमा त्यही गल्तीको स्विकारोक्तिमा आफूलाई सिकाउँदै तेस्रो पङ्क्तिमा आफूलाई प्रेमको नयाँ किरणको आशा तर्फ लान्छन् … जुरुक्क लगिहाल्छन्…झोक्राएर बसिरहन्नन् : “सही पात्र चिन्न सक्ने भएको छु र सही पात्र चिनेर यो साल प्रेमलाई अर्को मौका दिनेछु” !
उनी भन्छन्; “यस वर्ष ! हो यस साल ! म आफूलाई प्रेमको हृदयाघातबाट जोगाउन म मेरो मुटु अरू कोही विशेषलाई दिई पठाउनेछु । प्रेमको हृदयाघातबाट हुने अश्रुधाराको विदारक रक्तस्रावबाट म आफूलाई जोगाउन मेरो अमूल्य हृदयको अमूल्य नै मूल्य बुझ्ने अरू कसै विशेषलाई नै दिई पठाउनेछु !
“I’ll give it to someone special यो ‘special’ को उच्चारण नै बहुत ‘special’ गरिएको छ । यो उच्चारणले नै त्यो ‘special’ व्यक्तिको विशेषता सहजै झल्काउँछ । उनलाई ‘special’ देखेको हृदयलाई सहजै प्रतिविम्बित गर्छ ! गाउँदा शब्दको गायकीबाट नै भावको गहिरो आयाममा सिधै लगेर स्रोतालाई सहजै जे गाउनेवालाको अनुभूति छ त्यो अनुभूतिको पुरै व्याख्या अनुभूत गराईदिनु गायकको निपुणता हो, पोख्तता हो । सिप हो, सिपालु क्षमता हो । सिपालु हुनुको सहजै गहिरो अनि विराट परिचय हो ! यहाँ चै यिनले “I’ll give it to someone special” भनी गाउँदा ‘special’ लाई प्रेमले जागृत मिठो उत्साह देखाउँदै भावयुक्त स्वरले एकदम प्रेममा खुसीको उर्जा झल्काएका छन् !
“Last Christmas
I gave you my heart…
But the very next day
you gave it away…
मेरो ‘म’ हुनुको परिचय, हर एक मेरो ‘म’ हुनुको अस्तित्व मूल्य मापन हुने त्यही एकमात्र अमूल्य हृदय न हो, त्यही मेरो सजीवताको प्रमाणलाई तिमीले भोली बिहानै “you just gave it away” ! सोचत ! मेरो हाल के भयो होला ?!
“This year
To save me from tears
I’ll give it to someone Special…Special…
“Once bitten and twice shy
I keep my distance
But you still catch my eye…
एक पटकको मार दोस्रो पटकको हिच्किचाहट ! मेरो हृदय अब सजग छ । तर, तर प्रेम हो, सहर्ष कहाँ भुलाउन सक्छ र ?! तिमीलाई रत्तीभर पनि फरक नपरे पनि मेरो कहानी आफ्नै छ; म त प्रेमी हुँ नि, म एक प्रेमी न हुँ, मेरा नजरहरू अझै पनि तिमी मै कैद रहेछन् ! दिमाग त सजग भएको छ तर प्रेम बुझ्ने धड्कन ? धड्कन अझै पनि तिमी भन्दै जिद्दी गर्दैछ !!! विचरा अबोध !
“Tell me, baby
Do you recognize me?
यी आर्त प्रेमीको प्रेमले अझै पनि यो आहतको अमिलो यथार्थ स्विकार्न सकिरहेको छैन । प्रेमी यहाँ उनलाई अझै पनि प्रेमिका नै सम्बोधन गरिरहेका छन्; “Tell me, baby…” विगतमा प्रेम देखेको भ्रमलाई भित्र उनको मासुम हृदयले वर्तमानको फरक यथार्थ अझै पनि भुलाउन सकिरहेको छैन ! धड्कनहरू किन जिद्दी हुन्छन् हँ ?
उनैबाट प्राप्त पिडानुभूति असीम हुँदा पनि किन उनकै प्रेमचित्कारमा स्पन्दित भैरहन्छन् ?! बडा ज्याद्रा धड्कनहरू ! अनि बडा जिद्दी प्रेम ! प्रेमको प्रकृति अक्सर जिद्दी नै हुन्छन् कसो ?! सायद ‘जिद्दी’ प्रेमको अर्को नाम पनि हो कि ?! बडा ‘सार्क्यास्टिक’ प्रवृत्तिको एक मौन प्रश्न गर्छन्; “हठात् भुलाएकी तिमीले मलाई चिन्यौ ? कि भोलीपल्टै दिई पठाएको मुटुसँगै बिर्सी नि सक्यौ ?!”, प्रणयिनी ठानिएकी उनलाई यी प्रणयिता मौनी प्रश्न गर्छन् !
“Well, it’s been a year
It doesn’t surprise me…
खैर, एक साल गुज्र्यो के नै आश्चर्य भयो र ?!!! मुटु मैले तिमीलाई दिई पठाएको भोलीपल्टै मलाई नै तिमीले बिर्सी पठाएकी न हौ, आज एकसाल बाद आईपुग्दा तिमीले नै मलाई नै नचिन्दा के नै फरक पर्यो र ?! अहँ ! मलाई कुनै आश्चर्य लागेन । अनि अब आएर चिन्नु र नचिन्नुले के नै अर्थ राख्ला र ?!
“(Happy Christmas)
I wrapped it up
and sent it With a note
saying “I love you” I meant it
हाप्पी क्रिसमस !!!
तर पनि तिमीलाई यो उत्सवको शुभकामना ! क्रिसमसको शुभकामना !! क्रिसमसको तिमीलाई शुभकामना !!! क्रिसमस तिम्रो सुखद रहोस् !
जतनले ! हो बडा जतनले एक प्रेमोपहार तिमीलाई, मैले ‘wrap’ गरि पठाएको थिएँ । प्रफुल्ल हुँदै थिएँ, मन फुरुङ्ङ थिए, बिछट्टै, प्रेमको गुलाफी रिबनमा धर्सा सुनौला थिए, थिए तिनका दुवै छेउ चम्किला, सुनौला चम्किला; तिम्रा चन्द्रमुहारमा सुनौला नै केशका ती त्यान्द्रा ‘drop’ भए झैँ ! गाँठो पारेको थिएँ प्रेमगाँठो बडा आकर्षक ।
मेहनतले । पिरतीका गाँठाहरू अक्सर आकर्षक नै हुन्छन् ! हो यस्तै आकर्षक एक गाँठो मैले पनि पारेको थिएँ । जहाँ प्रेममा तिम्रो प्रेममा मेरो गाँठिएको मुटु गाँठो पारेको थिएँ । प्रेमका गुलाफी रङ्गमा चम्किएका थिए खुब झिलिमिली, प्रेममै प्रफुल्ल ‘र्यापर’मा दिलका राता ने धक्धक् थिए आकृति, हो प्रेमाकृति पनि तिनमा, प्रेमकै हर्षोल्लासमा हाँसिरहेका थिए तिनी पनि । बाहिर आकृति थिए भित्र प्रेमोपहार मेरो दिलै ! भित्र एक सानो नोट नि थियो जो मुटुको लेखान्तमा खुब धड्किरहेको थियो; “I Love You”
प्रेम त सागर हो, अञ्जलीमा म कसो गरी अटाउँ ?!
भरिएर सैलाब छताछुल्ल
हृदयबाट
मुटुमा अनन्तलाई म कसो गरी थेगीरहुँ…
त्यसैले…अनन्तलाई ती तीन स्वर्णीम अक्षरमै अभिव्यक्त हुने दुस्साहस जो गरेको थिएँ ! प्रेम त अनिर्वचन हो, अनन्तलाई सिमित वचनमा कसरी अटाउँ ?! त्यै पनि विवशता धड्कनको, विवशता भावनाको, भाव बाढीको प्रतिनिधित्व तीन अक्षरको;
“I Love You”…
“Now I know
what a fool I’ve been
But if you k*ssed me now
I know you’d fool me again…
तर खसेर छाँगाबाट अब म छ्याङ्ङ भएको छु ! प्रेमको उडान भनी कल्पिएको म भ्रमको ‘क्लाउड नाइन’बाट सिधै तल बजारिँदा भ्रम टुटेको छ ! सत्य साक्षात्कार हुन्छ हो भ्रम टुट्दा अक्सर दर्द हुन्छ ! हो ! दर्द त भएको नै छ तर बोधको मल्हमले आरोग्य तिर लम्कँदै गरेको म अब पुनश्च तिम्रा फेरि भ्रामक प्रपञ्चमा दिग्भ्रमित हुने छैन !
“Last Christmas
I gave you my heart
But the very next day
you gave it away…you gave it away.
This year To save me from tears
I’ll give it to someone Special…(Special…)
…Oh, oh, baby…
“A crowded room
Friends with tired eyes…
भिडभाडमा छन् घमसान खुब रिक्तताहरू, भीड मै छन् भरमार मारामार शून्यताहरू, देख्तैछन् साक्षी छन् यी ओरिपरिका भित्ताहरू… भीड छन् यहाँ हो ‘कयामत’को, तर चुइँय्य छन् आवाज कर्णश्रुतिमा आहत, महाशून्यताको, रिक्त नै देखिन्छन् भिडका हर चेहराहरू यहाँ । चकमन्न छन् बडा महाशून्य मनहरू । थकित छन् नजरहरू । अनि मलिन नै चेहराहरू…
टुटेको जगबरिया मन, फुटेको जागराम मुटु, अश्रुधारामा अविच्छिन्न छ्याप्प, अनिँदो नै टोलाएका दृष्टिहरू अक्सर यस्तै खल्लो दर्शन गर्दछन् दिनमा पनि दृश्यहरूलाई ! बदलिँदा मात्र दिलको नजरिया त्यही नजारा कस्तो अचम्म बदलिदिने…
“I’m hiding from you
And your soul of ice
तर, एक चेहडा यहाँ सर्लक्क छ अलग, अलग छ ! छ बिछट्टै छ पृथक छ ! ऊ सामने छ जो, आमने सामने, स्पष्ट छौ तिमी दृश्यमा, नगिचै बिलकुल पास, यो एक फूल झैँ लागेको चेहरा जोसँग अब म जोगिने हरसम्भव प्रयासमा छु ! जोगिने भरमग्दुर प्रयासमा छु एक चिसो मान्छेसँग, ‘emotionally cold’, संवेदनामा बिल्कुल ठन्डा, भावनामा निस्पट्ट चिसो, एक मानवसँग जो मेरो महसुसमा ‘unfeeling’-निर्मम, ‘indifferent’-उदासीन, बडा निर्दयी रहेछ…
“My God! I thought you were
someone to rely on
Me? I guess I was a shoulder to cry on…
हे मेरो भगवान् ! मैले त तिमीलाई भरोसामन्द र भावनाका गहिराईमा निर्धक्क हुन सकिने सोचेको थिएँ । सदमा र पश्चात्ताप दुवैको एकसाथ बज्रपात यहाँ प्रेमी प्रकट गर्छन्! म त फगत एकोहोरिएको रहेछु, फगत एक मूर्ख हुन पुगेको रहेछु…एक काँध म आफूलाई सोचेको रहेछु, संसारबाट मात पाउँदा, तिम्रा माथ अड्याउने, म एक काँध हुँ तिमीलाई… म त फगत एक मूर्ख-भ्रममा, दिग्भ्रमित म कुदिरहेको रहेछु, प्रेम…यस्तै-यस्तै कल्पिँदै म भ्रममा भएँछु… किनभने म त प्रयोग मात्र भएको रहेछु एक मूर्ख मनुवा जो कसैलाई सुविधा चाहिँदा मात्रको उसको स्वार्थी साथको लागि मात्र, म त प्रेमित भएको रहेनछु !
“A face-on lover with a fire in his heart
A man under cover, but you tore me apart…ahh ooohhhooo…
जो कोहीलाई हृदय खोल्नु बडा जोखिमी हुन्छ, तिमी खास थियौ, खास मेरो एहसास थियो, त्यसैले बेपरवाह विश्वासमा आँखा चिम्म थियो, हृदय छर्लङ्ङ ह्वाङ्ङ थियो । प्रेम मेरो शुद्ध थियो, खुला एक दिल थियो, इमान्दार बडा दन्किरहेको प्रेम दनदन थियो । खुब महत्, बडा सघन, गहन अत्ति खुब गहिरो, रित्त्याएर पुरै, प्लावित हृदयबाट प्रेमको सैलाब थियो ।
“Now I’ve found a real love.
You’ll never fool me again.
अब मैले प्रेमको सही अर्थ भेटेको छु । प्रेमको बोधले यथार्थको पता चल्छ; तिम्रा झाँसामा अब म फेरि कहिल्यै आउने छैन । प्रेमले सत्यको दर्शन हुन्छ, सत्यको अनुभूति हुन्छ, प्रेमको सही अर्थ भेटिएको छ, प्रेमको सत्य भेटिएको छ, त्यसैले तिमीबाट प्रेमको रङ्ग दिइएको भ्रममा म पर्ने छैन, तिमीले मलाई दिग्भ्रमित अब कहिल्यै पनि गर्नसक्ने छैनौ । किनभने मैले प्रेमको अर्थ भेटेको छु !
“Last Christmas
I gave you my heart
But the very next day
you gave it away
This year To save me from tears
I’ll give it to someone Special…(Special…)
Last Christmas
I gave you my heart (I gave you my hea…rt)
But the very next day
you gave it away (you gave it aw…ay) oh….
This year
To save me from tears
I’ll give it to someone Special…(someone Special…)
A face on a lover
with a fire in his heart
(…gave you my…. hea…..rt…)
यहाँ यिनले “my…. hea…..rt…” गायकीमा तानेको स्वरलाई सङ्गीतका धेरै ठुलाठुला हस्तिले प्रशंसा गर्दै मुक्तकण्ठले सम्मान गरेका छन् ।
A man under cover,
but you tore him apart…
उपसंहार :
“(Maybe next year)
I’ll give it to Someone— I’ll give it to Someone… (Special…) Special…
पक्कै पनि अर्को साल ! म प्रेमलाई अवश्य पनि अर्को मौका दिनेछु ! मेरो प्रेमको अर्घ्य अर्पित हुन सही पात्र चयन गर्न सजग हुनेछु ! हृदयाघातको भग्नावशेषबाट तबसम्म पलाईसकेको हुनेछ मेरो मुटु पनि ! हो यसरी छ्याङ्ङ मनले सही पात्र पाउनेछ ! त्यस सही पात्रलाई अवश्य पनि नव-पल्लवीकृत नाजुक मेरो हृदय दिनेछु !
कोही खास ‘Someone’ अरू कोही ‘Someone’ हो अरू कोही
Some…o…ne— अरू कोही सही खासलाई दिनेछु
Some…o…ne- हो ! अरू कोही सही मानेमा खासलाई दिनेछु ।।
‘ह्व्याम!’, ‘ल्यास्(ट) क्रिसमस’, “योग” र उनका अन्य कालजयी रचनाले करोडौँ हृदयहरू मिट्ठो छोईदिए…
छोईएका मिठा हृदयहरूमा आफ्ना मधुर सङ्गीतबाट ‘ह्वायाम!’ र “योग” बाँची नै रहनेछन्…
स्रोत र उल्लेख : स्रष्टा र तिनका सृष्टिका सम्मान हेतु यस कालजयी रचनाका रचयिता, स्वयम् रचना र स्रष्टाको साङ्गीतिक साधनाको यात्रा उपर श्रद्धा स्वरूप गूगल, यूट्युब आदिबाट प्राप्त तथ्य, विचारहरूका अनुवाद-भावानुवाद सहित पङ्क्तिकारको आफ्ना केही मिहीँ प्रयासमा…
नमन : गोप्यरूपमा उनले तब गर्ने गरेका मानवकल्याणका महानतम कर्मले उनलाई अझै महान् बनाएका छन् । अनि अब पनि उनका रचना विक्री, उनका सामग्री लिलामी आदि मार्फत उनका प्रतिष्ठानलाई प्राप्त हुने आम्दानी, स्वत्वशुल्क आदिका रकमबाट अझै पनि भैरहने जीवकल्याण जस्तो उच्चतम कर्मले उनको महानतालाई अझै उचाईमा लग्दै रहनेछ…उनको यो महानतम कर्मलाई नमन । शरीर छुटेर जाँदा पनि उनीबाटै भनौँ भैरहने परोपकार रूपी महानतम कर्म गरिरहेको उनको उच्च मानवजन्म धन्यधन्य हो ।।
“अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्
परोपकार: पुण्याय पापाय परपीडनम् ।।”
श्रीराधे ।।
















Facebook Comment