नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

डिसी नेपाल
९ पुष २०८२ १५:४०
16
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ। यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ।

मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा यसदिन भने ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसदिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ। त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनी र हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। अधिकांश अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

त्यस्तै, यसदिन ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यसदिन यो कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

आज कारोबारमा आएका कम्पनी मध्ये कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको बुधबार १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यस्तै, मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

उपसमूहगत रुपमा हेर्दा १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन्।

बाँकी उपसमूहमा भने गिरावट देखिएको छ। समग्रमा बजारमा सीमित सुधार देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको संकेत मिल्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.