४४औं वर्षमा पिपल्स क्याम्पस, अब आइटी र कानुन पनि पढाउने

डिसी नेपाल
९ पुष २०८२ १६:३२
28
Shares

काठमाडौं। नेपालका विश्वविद्यालयहरूले राम्रो जनशक्ति उत्पादन गरे पनि तिनले राम्रो काम पाउन नसक्दा बेरोजगारीको आरोप विश्वविद्यालय तथा शैक्षिक संस्थामा लाग्ने गरेको बताइएको छ।

पिपल्स क्याम्पसको ४४औं वार्षिकोत्सव मनाउने क्रममा वक्ताहरूद्वारा सो धारणा व्यक्त भएको हो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. महानन्द चालिसेले आफूहरूले ५ हजार विद्यार्थीमा गरेको सर्वेक्षणमा सहभागी ९० प्रतिशत विद्यार्थीले आर्थिक लाभका कारण विदेशिन चाहेको पाइएको बताए। सो सर्वेक्षणमा १० प्रतिशत विद्यार्थीले मात्र गुणस्तरीय शिक्षाको लागि विदेशिन चाहेको बताएका थिए।

‘जनशक्ति उत्पादन गर्ने काम विश्वविद्यालयको हो,’ डा. चालिसेले भने, ‘तिनलाई रोजगार, स्वरोजगार बनाउने काम सरकारको हो। हालसम्म कुनै पनि सरकारले यति संख्याको युवालाई रोजगार दिन्छु भन्ने कार्यक्रम ल्याएको छैन।’

जनशक्ति र रोजगारीको सन्तुलन मिलाउन सरकार र शैक्षिक निकायले गर्नुपर्ने तालमेल नगर्दा देशमा समस्या भएको उनले बताए। ‘हाम्रो नर्सिङ, डाक्टर, इन्जिनियरिङ, होटेल म्यानेजमेन्टका जनशक्ति विश्वभरी राम्रो नाम र दाम कमाइरहेका छन् तर देशभित्रै भने राम्रो अवसर दिन सकिरहेका छैनौं। यसको दोष विश्वविद्यालयलाई मात्रै छैन,’ डा चालिसेले भने, ‘अब सरकारविश्वविद्यालयनिजी क्षेत्र/प्रतिष्ठानले सहकार्य गरेर यो समस्याको समाधान निकाल्नु पर्ने हो कि त्यतातर्फ पनि सोच्नु पर्ने बेला भएको छ।’

नेपालीको आर्थिक हैसियत बढेका कारण पनि विदेशिने क्रम चुलिएको बताउँदै पिपुल्स क्याम्पसका प्रमुख मनोजबहादुर कुँवरलले विद्यार्थी विदेशिनुमा देशको आर्थिकसामाजिक कारणले मुख्य भूमिका खेलेको बताए। उनले सामुदायिक शैक्षिक संस्थाहरू दोहोरो मापदण्डको मारमा परिरहेको बताउँदै विपन्न वर्गको शैक्षिक उन्नयनमा भूमिका खेल्ने सामुदायिक क्याम्पसलाई हेर्ने छुट्टै दृष्टिकोण आवश्यक रहेको बताए।

क्याम्पस प्रमुख कुँवरले क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरुमा ४ वर्षे वीवीएस तथा सेमेस्टर प्रणालीअन्र्तगत ४ वर्षे वीवीए, वीवीएम र सेमेष्टर प्रणाली अन्र्तगत २ वर्षे एमबीएसका कक्षाहरु सञ्चालनमा रहेको बताउँदै शीघ्र नै व्यवस्थापन संकाय र कम्प्युटर साइन्सअन्तर्गतको बिएस्सी सिआइटी, बिआइटी, बिसिए, बिआइएमको चार वटा नयाँ स्ट्रिममा कार्यक्रम सुरु गर्ने तयारी रहेको जानकारी दिए।

साथै कानुन संकायअन्तर्गतको बिएएलएलबीको कार्यक्रम सुरु गर्ने तयारी पनि रहेको बताए। ‘कार्यक्रम सुरु गर्नका लागि त्रिभुवन विश्वविद्यालयमा गर्नुपर्ने आवश्यक प्रक्रिया पुरा गरिसकेका छौं,’ कुँवरले भने, ‘हामी मुनाफा वितरण नगर्ने सामुदायिक संस्था भएकाले न्यूनतम शुल्कमा गुणस्तरीय शैक्षिक गुणस्तर कायम गर्दै नयाँ शैक्षिक धारमा पनि अब्बल बन्नुपर्ने चुनौती पनि हामीलाई छ।’

४४ औं वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीमा प्सलटुतर्फ अनिस नेपाली, दीपिका श्रेष्ठ; त्रिविविको बिबिएस तर्फ सुदीप बसेल; बिबिएतर्फ कुसुर राई, मेरिना कायस्थ; बिबिएममा करिना श्रेष्ठ; ऋतु केसी; एमबिएसतर्फ अनुष्मा श्रेष्ठ रहेका छन्।

साथै, दीर्घसेव प्राध्यापक तथा क्याम्पस कर्मचारीहरूलाई पनि वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको थियो। सम्मान पाउनेमा सहायक क्याम्पस प्रमुख रोजेश पण्डित, प्रह्लाद वैदार, प्रदीपमान तुलाधर थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.